काठमाडौँ, २४ चैत । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँग नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव तथा पोषण प्रवद्र्धन कार्यक्रमका संयोजक गेर्डा भर्बर्गले सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभयो ।
भेटका अवसरमा उहाँहरुबीच नेपालमा पोषणको अवस्था, पोषण प्रवद्र्धनमा सरकार, दातृ निकाय, सामाजिक सङ्घ÷संस्था तथा निजी क्षेत्रको भूमिका तथा पोषण प्रवद्र्धनमा अन्तर्राष्ट्रिय अनुभवलगायत विषयमा छलफल भएको थियो ।
सो अवसरमा उपाध्यक्ष श्रेष्ठले दातृ निकाय तथा सामाजिक सङ्घ÷संस्थाको महत्वपूर्ण भूमिका भएको बताउँदै नेपालले पोषणको क्षेत्रमा अत्यन्त राम्रो प्रगति गरेको र जनतामा पोषणसम्बन्धी सचेतना उल्लेख्य रुपमा अभिवृद्धि हुँदै गएको बताउनुभयो ।
उहाँले पोषणसम्बन्धी कार्यक्रमको प्रवद्र्धन तथा सचेतनात्मक कार्यक्रममा सरकार, दातृ निकाय तथा सामाजिक सङ्घ÷संस्थाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।
उपाध्यक्ष श्रेष्ठले चालु १४औँ योजनाले पोषणलगायत दिगो विकासका लक्ष्य हासिल गर्ने सम्बन्धमा विशेष प्राथमिकता दिएको बताउँदै उहाँले योजना आयोग सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुकको स्तरमा पु¥याउन प्रयत्नशील रहेको बताउनुभयो ।
उक्त अवसरमा सहायक महासचिव भर्बर्गले नेपालले पोषणको प्रवद्र्धनका क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको बताउँदै यसको प्रवद्र्धनमा सरकारले गैरसरकारी संस्था, सामाजिक सङ्घ÷संस्था र निजी क्षेत्रलाई परिचालित गर्नुपर्ने बताउनुभयो । उहाँले पोषण स्वास्थ्य, शिक्षा तथा सिर्जनशीलताको लागिसमेत निकै महत्वपूर्ण रहेको बताउनुभयो ।
बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा गीताभक्त जोशी तथा युनिसेफ नेपालका प्रतिनिधिको समेत सहभागिता रहेको थियो । तीनदिने नेपाल भ्रमणमा आउनुभएका भर्बर्गले सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका प्रतिनिधिसँग भेट गर्ने कार्यक्रम छ । रासस
No comments:
Post a Comment