काठमाडौँ, ४ वैशाख । शताब्दी पुरुष सत्यमोहन जोशीले ध्यान, ज्ञान र योगको साधनाले मानिसलाई अलौकिक शक्ति प्राप्त हुने बताउनुभएको छ ।
स्वयम्भूस्थित त्रिकुटा गुरुधाम नेपालको नवनिर्मित भवनको उद्घाटन समारोहमा उहाँले मन र शरीरलाई जोड्ने काम योगले गर्ने बताउँदै ध्यान तथा ज्ञानले विश्व ब्रह्माण्डको खोजी गर्न सक्ने बताउनुभयो ।
गुरु त्रिकुटानन्दले सर्वसाधारण मानिसमा आउने नकारात्मक तरङ्गलाई न्यूनीकरण गर्न योग तथा ध्यानको महत्व रहेको बताउँदै आहारविहारमा सन्तुलन कायम राखेमा स्वस्थ्य बन्न सकिने बताउनुभयो ।
त्रिकुटा गुरुधाम नेपालका अध्यक्ष रेवतीरमण अधिकारीले आध्यात्मिक चिन्तन तथा अभ्यासबाट मानिसले बुद्धत्व प्राप्त गर्न सकिने विचार व्यक्त गर्नुभयो । करिब दुई रोपनी क्षेत्रफलमा फैलिएको गुरुधाममा विभिन्न योग तथा साधनाका साथै ‘एक कदम सत्ययुगतिर’ भन्ने अभियान सञ्चालन गरिने छ । रासस
Monday, April 17, 2017
योगको साधनाले अलौकिक शक्ति प्राप्त हुन्छ’
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment