विराटनगर, २४ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लक्ष्मीदेवी गुभाजू प्रतिष्ठान विराटनगरले नवनिर्मित बराह नगरपालिकालाई बराहक्षेत्र नगरपालिका बनाउनुपर्ने माग गर्नुभएको छ ।
धार्मिक एवम् पर्यटकीयस्थलका रुपमा रहेको यस स्थानलाई बराह क्षेत्रका रुपमा पहिचान भएकाले नगरपालिकाको नामकरणमा ‘क्षेत्र’ शब्द छुट्न गएकाले सो थप्नुपर्ने सो प्रतिष्ठानका अध्यक्ष मान बज्राचार्यले जानकारी गराउनुभयो ।
यसका साथै धरान र बराहक्षेत्रको धार्मिक चक्रपथलाई कालोपत्रे सडकका रुपमा विस्तार गर्नुपर्ने विषयमा समेत पत्रमार्फत ध्यानाकर्षण गराइएको उहाँले जानकारी गराउनुभयो । रासस
No comments:
Post a Comment