Wednesday, May 17, 2017

विजय -यालीमा ढुङ्गा प्रहार, ६ जना घाइते

सिन्धुली, ४ जेठ । सिन्धुलीको तीनपाटन गाउँपालिकामा बुधबार राति ९ः३० वजे नेकपा (एमाले)ले निकालेको विजय -यालीमा ढुङ्गा प्रहार हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था भने गम्भीर रहेको छ ।

घाइते हुनेमा तीनपाटन गाउँपालिका–८ निवासी शिव श्रेठ, जीवन श्रेष्ठ, हरि घिमिरे, हिरा न्यौपाने, कर्ण तामाङ, विष्णु अधिकारी घाइते भएका छन् । घाइतेमध्ये शिव श्रेष्ठ गम्भीर घाइते हुनुभएको स्थानीय जमुना अधिकारीले जानकारी दिनुभयो ।

घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । तीनपाटनको मतगणनास्थल लाम्पान्टारबाट निकालिएको विजय -यालीमा ढुङ्गा प्रहार भएको थियो । वडा नं ८ मा नेकपा एमालेका रेखराज अधिकारी निर्वाचित भएपछि विजय ¥याली निकालिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts