काठमाडौं, जेठ ३
सप्तरीको मलेठमा प्रहरीको गोली लागी मृत्यु भएका पाँचजनालाई सरकारलेसहिद घोषणा गरेको छ ।
उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले आज बिहान सप्तरी सदरमुकाम राजविराजमा आयोजित कार्यक्रममा सो घटनामा मृत्यु भएका पाँचैजनालाई सहिद घोषणा गरिएको जानकारी गराउनु भएको हो ।
२०७३ फागुन २३ गते एमालेको मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भएको कार्यक्रमका क्रममा कार्यक्रमस्थल नजिक प्रहरीसंगको झडपमा गोली लागि पाँचजनाको मृत्यु भएको थियो । प्रहरीको गोली लागि सप्तरी मलेठका सन्जन मेहता, पीताम्बर मण्डल र वीरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इन्द्रदेव यादवको मृत्यु भएको थियो । आजै गृहमन्त्री निधिले सहिद परिवारलाई प्रति परिवार रु. १० लाखका दरले राहतस्वरुपरकम हस्तान्तरण गर्नुभयो ।
मन्त्री निधिले मलेठ घटनाको छानबिन गर्न पुनरावेदन अदालतका पूर्वमुख्य न्यायधीश अली अकबर मिकरानीको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय आयोग गठन गरिएको जानकारी दिनुभयो । साथै, उक्त आयोगले काम थालेको एक महिनाभित्र प्रतिवेदन बुझाउने पनि मन्त्री निधिले बताउनु भयो ।
Wednesday, May 17, 2017
सप्तरी घटनाका मृतकलाई शहीद घोषणा, परिवारलाई रु. १० लाख राहत बितरण
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment