Sunday, May 28, 2017

राजधानी सहरको सपना पूरा होस्ः साझा पार्टी

काठमाडौँ, १४ जेठ । साझा पार्टीले काठमाडौँ महानगरपालिका प्रमुख र उपप्रमुखका लागि उम्मेदवारी दिनुभएका क्रमशः किशोर थापा र निरूपमा यादवलाई विश्वास गर्ने मतदातालाई धन्यवाद दिएको छ ।

पार्टी निर्माणको प्रक्रिया सुरु गरिएको छ हप्तामै कहीँ कतै सङ्गठन निर्माण नगरी उम्मेदवारी दिँदा पनि कडा प्रतिस्पर्धामाझ दुवै उम्मेदवार तेस्रो–चौथो स्थानमा आउनु मतदाताले साझा पार्टीलाई भरपर्दो विकल्पका रूपमा लिइएको तथ्यको स्पष्ट सङ्केत भएको प्रवक्ता प्रा डा सूर्यराज आचार्यले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीले कामपा प्रमुख र उपप्रमुखमा निर्वाचित नेकपा (एमाले)का विद्यासुन्दर शाक्य तथा नेपाली काँगे्रसकी हरिप्रभा खड्गीलाई बधाई दिँदै उहाँहरुको नेतृत्वमा देशको राजधानी सहरको सपना पूरा होस् भन्ने कामना गरेको छ । नवनिर्वाचित नेतृत्वलाई पार्टीका तर्फबाट हुनसक्ने सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता पनि पार्टीले व्यक्त गरेको छ ।

पार्टीले शुभेच्छुक, समर्थक, स्वयम्सेवी, सञ्चारकर्मी, सुरक्षाकर्मी, निर्वाचन आयोग, प्रमुख र उपप्रमुखका उम्मेदवार थापा र यादवका साथै पार्टीकै समर्थनमा ललितपुर महानगरपालिकामा उम्मेदवारी दिएर दोस्रो र तेस्रो स्थानमा आएका शोभा शाक्य र रमेश महर्जनप्रति पनि आभार प्रकट गरेको छ । देश बनाएरै छोड्ने पार्टीको अठोटमा भविष्यमा पनि सबैको साथ र समर्थन रहने विश्वास प्रवक्ता आचार्यले व्यक्त गर्नुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts