Thursday, May 18, 2017

मध्यपुर–३ मा काँग्रेस विजयी

नगरकोट, ४ जेठ । मध्यपुर थिमी नगरपालिका–३ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । वडा नं ३ मा काँग्रेसका प्रेम बहादुर कुटुले एक हजार ४७२ मत प्राप्त गरी वडा अध्यक्षमा विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी राप्रपाका रविन थापाले १९७ मत र माओवादी केन्द्रका भुवन केसीले १७१ मत पाउनुभएको छ ।

काँग्रेसकी महिला सदस्य विनु केसी, दलित महिला सदस्य निर्मला परियार, खुला सदस्यद्वयमा कृष्णहरि आचार्य र राजभक्त श्रेष्ठ विजयी हुनुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts