Sunday, May 28, 2017

बस दुर्घटनामा पाँचको मृत्यु

मलेखु (धादिङ), १४ जेठ । धादिङबेंसी–सल्यानटार सडकखण्डअन्तर्गत नीलकण्ड नगरपालिका–११ भकारेमा आज साँझ बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुने पाँचै जना महिला रहेका छन् ।

स्थानीय गोलाभञ्ज्याङबाट खहरेतर्फ जाँदै गरेको ग १ ख ३८०५ नंको बस दुर्घटना हुँदा अन्य २० यात्रु घाइते भएको घाइतेको उद्धारमा संलग्न स्थानीय कुँवेर धरेलले बताउनुभयो । बस सडकबाट करिब २०० मिटर तल खसेको बताइएको छ ।

घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मृतकको सनाखत हुन सकेको छैन् ।

घटनास्थलमा ढिला मात्र प्रहरी पुगेकाले विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नियमित रुटको बस बिग्रेपछि त्रिपुरेश्वर बोर्डिङ स्कुलको बसले यात्रु बोकेर जाँदा दुर्घटनामा परेको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts