Saturday, May 20, 2017

संविधान संशोधन भन्दा कार्यान्वयनतर्फ अग्रसर हुनुपर्ने : नेता खनाल

विराटनगर, ६ जेठ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधन भन्दा संविधानको कार्यान्वयनमा सरकार र दलहरुबीच छलफल गरेर समस्याको समाधान निकाल्नु पर्ने विचार व्यक्त गर्नुभएको छ ।

नेकपा एमाले मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले संविधानको संशोधन सङ्घीय संसद्ले गर्ने भनेर संविधानमा उल्लेख गरिएको भन्दै उहाँले मुलुकमा अहिले व्यवस्थापिका संसद् काम चलाउको रुपमा रहेको स्पष्ट पार्नुभयो ।

नेकपा एमालेले सारेको एजेन्डालाई जनताले मन पराएको कारण एमाले अग्रस्थानमा रहेको उल्लेख गर्दै उहाँले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा पनि एमाले अग्रस्थानमा रहने दाबी गर्नुभयो ।

प्रादेशिक र सङ्घीय निर्वाचन आउँदो माघ ८ गतेभित्र गर्नुपर्ने उल्लेख गर्दै वरिष्ठ नेता खनालले अविलम्ब क्षेत्र निर्धारण आयोग गठन गर्न सरकारसँग माग गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts