Tuesday, May 30, 2017

ज्येष्ठ नागरिकामा उदासीनता

काठमाडौँ, १६ जेठ । विश्व स्वास्थ्य दिवस २०१७ ‘ज्येष्ठ नागरिकहरूमा भएको उदासीनताबारे हामी कुरा गरौँ’ भन्ने नारामा आधारित कार्यपत्र प्रस्तुति एवम् सहभागीबीचको अन्तक्र्रिया गरी मनाइएको छ ।

समाजका अध्यक्ष तारा प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मनोचिकित्सक डा सञ्जीवचन्द्र गौतमले उदासीनताबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

करिब ५० जनाको सहभागिता रहेको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता वरिष्ठ छाती रोग विशेषज्ञ एवम् राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका पूर्व अध्यक्ष डा गौरीशङ्कर लालदासले गर्नुभएको थियो भने विशिष्ट अतिथिमा राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका कावा अध्यक्ष मदनदास श्रेष्ठ हुनुहुन्थ्यो ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका महासचिव छत्रबहादुर प्रधानसमेत सम्मिलित उक्त कार्यक्रममा काठमाडौँ महानगरपालिका–५ र ७ का नवनिर्वाचित सदस्य क्रमशः रमेश डङ्गोल र शुद्ध डङ्गोलले आआफ्ना केही सदस्य लिएर सहभागी भई ज्येष्ठ नागरिकका लागि आवश्यक वाचनालयसमेत खोल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उदासीनताले विश्वभरका सबै उमेर समूहका मानिसलाई असर पार्छ । यसले शारीरिक, मानसिक तथा पारिवारिक सम्बन्धलाई समेत नकारात्मक असर पारी दैनिक जीवनयापनमा समेत प्रभावित पार्छ । उदासीनताका कारण आत्महत्याका घटना प्नि बढिरहेका छन् । पन्ध्र देखि २९ वर्ष उमेरका मानिसमा उदासीनता दोस्रो ठूलो मृत्युको कारण बनिरहेको छ ।

उदासीनता रोकथाम र उपचार गर्न सकिन्छ । उदासीनता के हो र यसलाई कसरी रोकथाम र उपचार गर्न सकिन्छ भन्नेबारेमा राम्रो जानकारी पाउन सकेमा यसबाट प्रभावित मानिसलाई हुने नकारात्मक असर र प्रभाव कम गर्न सहयोगी हुनेछ । अभियानकर्ताले संसारभरि ‘ज्येष्ठ नागरिकमा भएको उदासीनताबारे हामी कुरा गरौँ’ भनेर आफ्ना विचार व्यक्त गरिरहेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts