Wednesday, May 17, 2017

शंखरापुर नगरपालिकामा एमाले विजयी, काठमाडौंमा एमालेको विजयी शुरुआत

एक महानगर सहित अन्य ११ नगरपालिका रहेको काठमाडौं जिल्लाको शंखरापुर नगरपालिकाको मेयरमा एमाले विजयी भएको छ ।
पहिलो चरणमा सम्पन्न स्थानीय निर्वाचन अन्तर्गत काठमाडौं जिल्लामा पहिलो परिणाम निकाल्दै
शंकरापुरबाट एमालेले विजयी शुरुआत गरेको हो ।
शंखरापुर नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार सुवर्ण श्रेष्ठले ४८३३ मत सहित विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्दीमा २९५० मत सहित नेपाली काँग्रेसका शंकर तिवारी रहेका छन् । त्सैगरी तेश्रो स्थानमा रहेका माओवादीका कृष्णराज सुवेदीले २४३७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नगरपालिकाको उपप्रमुखमा ४५०१ मत सहित एमाले कि शुक्रलक्ष्मी श्रेष्ठ विजयी भएकी छिन् । त्यस्तै उपमेयरमा पनि एमालेकै शुक्रलक्ष्मी श्रेष्ठ ४५०१ मत प्राप्त गरी विजयी भएकी छन् ।
निर्वाचनको पछिल्लो परिणाम अनुसार
एमाले ५१
काँग्रेस ४९
माओवादी केन्द्र २१
राप्रपा १
अन्य ५
स्थानमा विजयी भएका छन् भने एमालेले ५७ स्थानमा, नेपाली काँग्रेसले ५२ र माओवादी केन्द्रले २२ स्थानमा अग्रता कायम गरेको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts