Sunday, May 28, 2017

चाँगुनारायण ७ मा काँग्रेसका केसी विजयी, प्रमुखमा एमाले अगाडि

भक्तपुर, १५ जेठ । चाँगुनारायण नगरपालिका–७ मा नेपाली काँग्रेसका ज्ञानबहादुर केसी वडा अध्यक्षमा विजयी हुनुभएको छ ।

उहाँले एक हजार ७१ मत प्राप्त गर्नुभयो भने उहाँका निकतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का राधाकृष्ण लामिछानेले ६९८ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी दलित महिला सदस्यमा काँग्रेसकै मनिता नेपाली ९८९, खुल्ला सदस्यतर्फ सहबुद्ध श्रेष्ठ ८९० र रमेश लामा ८८० मत ल्याएर विजयी हुनुभयो । महिला सदस्यमा भने एमालेकी दुर्गा लामिछाने थापाले काँग्रेसकी रामलक्ष्मी लामिछानेलाई चार मतले पराजित गर्नुभयो । दुर्गाले ८९० मत प्राप्त गर्नुभयो भने रामलक्ष्मीले ८८४ मत प्राप्त गर्नुभयो ।

यसैबीच चाँगुनारायणमा काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । चाँगुनारायणको वडा नं ७ सम्मको मतगणना सकिँदा प्रमुखमा एमालेका सोम मिश्रले २३३ मतले अग्रता लिनुभएको छ । मिश्रले छ हजार ७२ मत प्राप्त गर्नुभएको छ भने काँग्रेसका राजाराम खड्काले पाँच हजार ८३९ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी राप्रपाका रवीन्द्र प्रताप शाहले तीन हजार ५९० र नेमकिपाका न्हुछेभक्त फोजू ले तीन हजार २१४ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा एमालेकी विना बास्तोलाले छ हजार ४५३ मतका साथ अग्रता लिइरहनुभएको छ भने काँग्रेसकी राधा (सरु) बाँनियाले छ हजार ३०२ मतका साथ पछ्याइरहनुभएको छ ।

त्यस्तै राप्रपाकी युवती कार्कीले तीन हजार ८२३ र नेपकिपाकी गीता काफ्लेले दुई हजार ६९५ मत प्राप्त गर्नुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts