Thursday, May 18, 2017

कालिकामा दुई वडाको मतपरिणाम सार्वजनिक

चितवन, ४ जेठ । सात स्थानीय निकायमध्ये सबैभन्दा ढिलो मङ्गलबार रातिबाट मात्रै मतगणना सुरु भएको चितवनको कालिका नगरपालिकामा दुईवटा वडाको मतपरिणाम सार्वजनिक भएको छ ।

चट्याङ लागेर उम्मेदवारको मृत्युका कारण मतदान नै स्थगित भएर मङ्गलबार मतदान सम्पन्न भई सोही राति मात्रै यहाँ मतगणना थालिएपनि गणना कार्य प्रभावकारी भएकाले छिट्टै परिणाम सार्वजनिक भएको हो ।

सार्वजनिक मतपरिणामअनुसार कालिका–९ को वडाध्यक्षमा नेपाली काँग्रेस र वडा नं ८ को अध्यक्षमा एमाले विजयी भएको निर्वाचन अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नं ९ मा काँग्रेसका हेमबहादुर जिसी ७०९ मतका साथमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लेखबहादुर थापाले ६८५ मत मात्रै ल्याउनुभयो ।

उक्त वडामा काँग्रेसले अध्यक्षसहित एकजना खुला सदस्यमा जितेको र अरू सबै सदस्यमा एमालेले जितेको शर्माले जानकारी दिनुभयो ।

कालिका–८ मा भने एमालेका इमप्रसाद अधिकारी ७९८ मतको साथमा विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकाका निरजकुमार श्रेष्ठले ७०५ मत ल्याउनुभएको निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार गएरातिसम्मको मतगणनाअनुसार कालिकामा एमाले अगाडि देखिएको छ । प्रमुखमा एमालेले ९१२ र उपप्रमुखमा ८२२, काँग्रेसले प्रमुखमा ६३६ र उपप्रमुखमा ७०५ र माओवादी केन्द्रले प्रमुखमा ५४६ तथा उपप्रमुखमा ६२१ मत प्राप्त गरेको छ ।

कालिका नगरपालिकामा २२ हजार ९८७ मतदातामध्ये १८ हजार ५०० मत खसेको थियो । कालिकामा ११ वटा वडा छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts