Sunday, May 28, 2017

सरकारले आज बजेट प्रस्तुत गर्ने

काठमाडौँ, १४ जेठ । सरकारले आगामी आर्थिक वर्षको राजस्व र व्ययको विवरण (बजेट) व्यवस्थापिका–संसदमा आज अपराह्न चार बजे प्रस्तुत गर्दैछ ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सदनसमक्ष रु १२ खर्बभन्दा बढीको बजेट प्रस्तुत गर्ने अनुमान गरिएको छ ।

राष्ट्रिय योजना आयोगले रु ११ खर्ब ५६ अर्बको बजेट सीमा तोकेको थियो ।

नेपालको संविधान जारी भएपछिको यो दोस्रो बजेट हो । बजेटले संविधान कार्यान्वयन, निर्वाचन, ऊर्जा, पूर्वाधार, कृषि विकास, शिक्षा, स्वास्थ्य, गरिबी निवारणलगायत विषयलाई उच्च प्राथमिकतमा राखेर बजेट पेस गर्नेछ ।

गत वर्षको तुलनामा यो वर्ष स्थानीय तहमा अधिक रकम विनियोजन गरेर बजेट बनाइएको अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार प्रा डा पुण्यप्रसाद रेग्मीले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts