Friday, June 30, 2017

सुत्केरी बेथाले थलिएकी लामाको उद्धार हुनसकेन

गोरखा, १७ असार । शुक्रबारदेखि सुत्केरी बेथाले थलिएकी गोरखाको चुमनुब्री गाउँपालिका– ६ चुम्चेतकी ३५ वर्षीया छोर्तेङ लामाको उद्धार हुनसकेको छैन । घर नजिक स्वास्थ्य संस्था नभएको र प्रसूति सेवाका लागि गोरखा सदरमुकाम वा काठमाडौँका अस्पताल पु¥याउनुपर्ने अवस्था रहेपनि हेलिकप्टरको खर्च तिर्नसक्ने परिवारको अवस्था नभएकाले लामाको उद्धार नभएको हो ।

चुम्चेत घर भई काठमाडौँ रहेका धावा ग्याल्जेन लामाले भन्नुभयो, “गर्भवती महिलाको अवस्था चिन्ताजनक छ । म हेलिकप्टरको खोजीमा लागिपरेको छु ।” ‘सुत्केरी बेथा लागेपनि छोर्तेङले बच्चा जन्माउन सकेकी छैनन् । लामाले भन्नुभयो’ “बच्चा आधा मात्रै जन्मिएको छ भन्ने खबर छ । बच्चा बचाउन नसकिए पनि आमा बचाउन पाएहुन्थ्यो ।”

सुत्केरी बेथाले थलिएकी लामाको परिवारसँग जम्मा रु ३० हजार रुपैयाँ मात्रै छ । तर, हेलिकप्टर चार्टर गर्न कम्तीमा दुई लाख लाग्छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुलीले सुत्केरी बेथाले थलिएकी लामाको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी गरिएको भन्दै हेलिकप्टर खर्च कार्यालयबाट व्यवस्था गरिने जानकारी दिनुभयो । रासस

राजपुर गाउँपालिकामा काँग्रेस विजयी

दाङ, १७ असार । दाङको राजपुर गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । सो गाउँपालिकाको अध्यक्षमा लोकराज केसी २३९५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

त्यसैगरी उपाध्यक्षमा काँग्रेसकै धनपति यादव २२७३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष श्यामकुमार झाँक्रीले १८५८ प्राप्त गर्नुभएको छ भने उपाध्यक्षमा पुष्पा यादवले १९४९ प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । रासस

बाल क्लबका पूर्व सदस्यको अभियान

राजपुर गाउँपालिकामा काँग्रेस विजयी

सुत्केरी बेथाले थलिएकी लामाको उद्धार हुनसकेन

द्वन्द्वपीडितका लागि रु बीस करोड ४० लाख राहत

लालझाँडीमा माओवादी केन्द्र विजयी

कञ्चनपुर, १७ असार । लालझाँडी गाउँपालिकामा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष र उपाध्यक्षका उम्मेदवार विजयी हुनुभएको छ ।

शुक्रबार राति अबेर सम्पन्न मतगणनाको अन्तिम परिणामानुसार लालझाँडी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका मदन बडायक र उपाध्यक्षमा माओवादीकै सत्यादेवी महरा विजयी हुनुभएको हो ।

लालझाँडी गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयका अनुसार बडायक आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका निर्मल रानालाई १४५ मतले हराउँदै अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

बडायकले दुई हजार ५०९ र रानाले दुई हजार ३६४ मत तथा उपाध्यक्षमा माओवादी केन्द्रका सत्यादेवी महराले दुई हजार ३४५ र उहाँका निकटम प्रतिद्वन्द्वी एमालेकी फरिता चौधरीले दुई हजार २२१ मत ल्याउनुभएको छ । लालझाँडीमा माओवादी केन्द्र र काँग्रेस तीन तीन वडामा विजयी भएका छन् । माओवादी केन्द्र ३, ४ र ६ काँग्रेस १, २ र ५ मा विजयी भएका हुन् । माओवादी केन्द्रबाट क्रमशः वडा नं ३ मा टीकाराम चौधरी, ४ मा बहादुर राना र ६ मा पोतिलाल चौधरी तथा काँग्रेसबाट वडा नं १ र २ मा क्रमशः हेमराज र राना राजा राना तथा ५ मा नन्दलाल अवस्थी निर्वाचित हुनुभएको छ ।
लालझाँडीमा १० हजार आठ हजार ५१ मतदातामध्ये आठ हजार नौ सय ६२ मत खसेका थिए । रासस

बडिकेदार गाउँपालिकामा काँग्रेसको जित

पालभित्रको अस्पताल

सिँचाइ आयोजना बाढीले बगाउँदा क्षति

खोजमूलक पुस्तकमा जोड

काठमाडौँ, १७ असार । पत्रकार एवम् लेखक सौरभको पुस्तक ‘असङ्गति’ सार्वजनिक गरिएको छ ।

यहाँ शुक्रबार आयोजित कार्यक्रममा प्रा लालदेउसा राई, प्रा पी खरेल, पत्रकार युवराज घिमिरे र लेखक सत्यालले नेपाली भाषामा खोजमूलक पुस्तक प्रकाश हुन नसकेको बताउनुभयो । पुस्तक बुक हिलले प्रकाशन गरेको हो । रासस

भद्रपुर–१मा एमाले विजयी

भद्रपुर, १७ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भद्रपुर नगरपालिका वडा नं १ का अध्यक्षमा नेकपा(एमाले)का दशरथ प्रधान समूहसहित विजयी हुनुभएको छ ।
प्रधानले ८४२ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का मेदनीप्रसाद शिवाकोटीेले ५५३ मत प्राप्त गर्नुभएको छ । रासस

पर्यटन मन्त्रालयमा वर्षमै पाँच मन्त्री फेरिएपछि…

काठमाडौँ, १७ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक वर्षमा पाँच र पाँच वर्षमा १२ मन्त्री फेरिएका छन् ।

अन्य मन्त्रालयका तुलनामा पर्यटन मन्त्रालय सबैभन्दा चाँडो मन्त्री फेरिनेमा अग ्रपङ्क्तिमा छ । यसले मन्त्रालयको योजना, नीति र कार्यक्रमको प्रभावकारिता र निरन्तरतामा असर पार्ने गरेको छ ।

मन्त्रालय तथा मातहत निकायको विकास र योजना कार्यक्रम प्रभावकारिता त्यसको नेतृत्वकर्तासँगै जोडिएको हुन्छ । चाँडो मन्त्री फेरिँदा अर्थतन्त्रको महत्वपूर्ण आधार पर्यटन क्षेत्रको समग्र विकासमा कस्तो असर पर्ला भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही समग्र पर्यटन क्षेत्रको नीति बनाउने र लागू गर्ने मन्त्री, सचिवदेखि विभागीय प्रमुख फेरबदल भइरहँदा यसले राष्ट्रिय मात्र नभई मन्त्रालयले लिने अन्तर्राष्ट्रिय कार्यक्रममा समेत असर परेको बताउनुहुन्छ । “म अच्चम्मित छु सबैभन्दा चाँडो मन्त्री फेरिने मन्त्रालय पनि पर्यटन नै रहेछ, यसले नेपालको छवि खराब बनाएको छ, एउटा आउँछ, नीति, योजना र कार्यक्रम बनाउँछ, अर्को आयो बुझ्नै समय लाग्छ, बुझे पनि कार्यान्वयन गर्न कठिन हुन्छ,”, उहाँले भन्नुभयो ।

अर्थ, परराष्ट्रपछि, विदेशीको चासो रहने मन्त्रालय पर्यटन नै हो । बजेटको कम आकर्षण भए पनि अन्तर्राष्ट्रिय प्रभाव पार्ने हँुदा दलीय भागबन्डा, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र नेपाल वायुसेवा निगमका जहाज खरिदसँग जोडिएको स्वार्थका कारण पनि मन्त्री चाँडो फेरिने गरेको पूर्वमन्त्री शाहीको भनाइ छ ।

नीतिगत निर्णय सरकारले नै गर्ने र त्यसको कार्यान्वयन विभागीय प्रमुखबाट हुनुपर्ने हुँदा फेरबदलको प्रवृत्तिले समग्र विकास प्रभावित हुन्छ । पर्यटन क्षेत्रको दिगो विकासका लागि स्थायी सरकार हुनुपर्ने सरोकार भएकाहरु औँल्याउँछन् ।

मन्त्री र विभागीय प्रमुख फेरिँदा पर्यटनसँग सम्बन्धित राष्ट्रिय महत्वका दीर्घकालीन योजना, विकासे गुरुयोजना प्रभावित भएका छन् । राष्ट्रिय गौरवको आयोजना अन्तर्राष्ट्रिय विमानस्थल निर्माणदेखि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाज खरिदसम्म नेतृत्व फेरिँदा असर पुगेको बताइन्छ ।

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठ राजनीतिक अस्थिरता र सुशासन प्रणालीको स्थायित्व नभएका कारण सरकार मन्त्री फेरबदलले समग्र विकासमा असर पुग्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मन्त्री फेरिए पनि नीति फेरिनु भएन तर, त्यो हँुदैन, मन्त्री, सचिव फेरिएसँगै नीति कार्यक्रम बदल्दा नीतिगत स्थायित्व हँुदैन, यसले समग्र विकासमा असर पुग्छ ।”

पर्यटन मन्त्रालयको विवरणानुसार पाँच वर्षमा १२ मन्त्री र एक वर्षमा पाँच मन्त्री फेरिएका छन् । विसं २०७२ देखि २०७३ का अवधिमा पाँच मन्त्री फेरिएका हुन् । सो अवधिमा आनन्द्रप्रसाद पोखरेल, बलबहादुर महत (राज्यमन्त्री), जीवनबहादुर शाही, इन्द्रबहादुर बानियाँ (राज्यमन्त्री), दिलनाथ गिरी पर्यटनमन्त्री बन्नुभयो । सबैभन्दा छोटो अवधि मन्त्री हुनेमा जितेन्द्रनायारण देव हुनुहुन्छ । उहाँ २०७४ वैशाख २५ गते नियुक्त भई जेठ २४ गतेसम्म झन्डै महिना दिन मन्त्री बन्नुभयो । गिरी २०७३ फागुन २६ गतेदेखि २०७४ वैशाख १९ गतेसम्म पर्यटनमन्त्री बन्नुभयो ।

तीन वर्षमा १० मन्त्री

मन्त्री फेरिँदै एकपछि अर्को कीर्तिमान कायम गर्नेमा पर्यटन मन्त्रालय नै अगाडि छ । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष शेर्पाले आफ्ने तीन वर्षीय अवधिमा १० पर्यटनमन्त्री, पाँच सचिव र छ महानिर्देशक फेरिएको बताउनुभयो । यो पर्यटनमन्त्री लोकेन्द्र विष्टदेखि पछिल्ला देवसम्मको अवधि हो । “नीतिगत निर्णय सरकारले नै गर्ने हो, विभागीय प्रमुख फेरिँदा सबै काम प्रभावित हुन्छ । पर्यटनको दिगो विकासका लागि स्थायी सरकार हुनुप¥यो, पूर्वाधार तयार गर्ने सरकारको काम हो त्यसमा निजी क्षेत्रले साथ दिने हो,”, उहाँले भन्नुभयो ।

पाँच वर्षमा बाह्र मन्त्री
२०६९ देखि २०७३ का अवधिमा १२ पर्यटनमन्त्री बनेका छन् । विष्ट, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपकचन्द्र अमात्य, कृपाशुर शेर्पा, पोखरेल, महत (राज्यमन्त्री), शाही, बानियाँ (राज्यमन्त्री), गिरि र देव मन्त्री बन्नुभयो । उहाँहरुको अवधि चार महिनादेखि एक वर्षसम्म रह्यो ।

पूर्व पर्यटन सचिव सुरेशमान श्रेष्ठको अनुभवमा मन्त्री सचिव फेरिरहँदा संस्थागत संरचनामै असर पुग्ने मात्र नभई समग्र आर्थिक विकासमा घाटा हुन्छ ।“नेपालको तुलनात्मक लाभका हिसाबले सबैभन् दा महत्वको पर्यटन क्षेत्रमा पर्यटन मन्त्री, सचिव फेरिरहनु भनेको दुर्भाग्य हो, यसले आर्थिक विकासमा घाटा हुन्छ, नेपालको छविमा समेत असर पुगेको छ,”, उहाँले भन्नुभयो । रासस

भोजपुर नगरपालिकामा काँग्रेस विजयी

सेयर बजार बन्दप्रति चेम्बरको ध्यानाकर्षण

काठमाडौँ, १६ असार । नेपाल चेम्बर अफ कमर्सले सेयर बजार बन्दप्रति ध्यानाकर्षण गरेको छ ।

चेम्बरका महासचिव कमलेशकुमार अग्रवालले आज विज्ञप्ति जारी गरी सेयर क्षेत्रलाई वित्तीय क्षेत्रअन्तर्गत परिभाषित गरिएकाले यसमा मूल्य अभिवृद्धि कर लगाउन नहुने बताउनुभएको छ ।

चेम्बरले धितोपत्र कारोबारलाई नियमन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड आफैँले अर्थ मन्त्रालय एवम् आन्तरिक राजस्वलगायत सरोकार भएका निकायलाई गरिएको सुझावपत्रमा समेत मूल्य अभिवृद्धि कर लगाउन नहुने भनेर जानकारी गराएको तथा धितोपत्र बजारमा मूल्य अभिवृद्धि कर लगाइँदा यसले बजार विस्तारमा समेत नकारात्मक प्रभाव पर्न जाने जनाएको छ । रासस

प्रदेशसभाको निर्वाचन असोज र प्रतिनिधिसभाको मङ्सिरमा तयारी

काठमाडौँ, १६ असार । निर्वाचन आयोगले प्रदेशसभाको निर्वाचन आगामी असोज अन्तिम साता र प्रतिनिधिसभाको निर्वाचन मङ्सिरको पहिलो सातामा गर्ने तयारी थालेको छ ।
आयोगले आगामी कात्तिक दोस्रो हप्तामा राष्ट्रियसभाको निर्वाचन गर्ने तयारी सुरु गरेको छ । निर्वाचन आयोगका पदाधिकारीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई सिंहदरबारमा भेटी निर्वाचनको उक्त कार्ययोजना प्रस्तुत गरेको भेटपछि प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले जानकारी गराउनुभयो ।

डा यादवको नेतृत्वमा आयुक्त नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल, सुधीरकुमार शाह, आयोगका निमित्त सचिव महेश्वर न्यौपानेसहितको टोलीले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि आवश्यक कानुन यही असार मसान्तसम्ममा पारित गर्नुपर्ने आग्रह गरेको थियो । नेपालको संविधानअनुसार आगामी माघ ७ गतेभित्र स्थानीय, प्रदेश र सङ्घ गरी तीनै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता छ । भेटमा आयोगका तर्फबाट समयावधि कम भएको हुँदा मतदाता नामावलीसम्बन्धी ऐनमा समेत केही परिमार्जनको आवश्यकता रहेको प्रधानमन्त्रीलाई अवगत गराइएको थियो ।

आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको क्षेत्र निर्धारणका लागि साउन १५ गतेसम्म आवश्यक कार्य गरिसक्नुपर्ने सुझाव दिएको छ । आवश्यक कानुन प्राप्त भएपछि आयोग असोज अन्तिम साता प्रदेशसभाको र मङ्सिर पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गराउन प्रतिबद्ध रहेको प्रमुख आयुक्त डा यादवले बताउनुभयो ।

भेटका क्रममा डा यादवले दोस्रो चरणको निर्वाचनको सञ्चालन तथा मतगणना भइरहेका सम्बन्धमा र आगामी असोज २ गते गर्ने तय भएको प्रदेश नं २ को स्थानीय तह निर्वाचनको तयारीका बारेमा पनि प्रधानमन्त्री देउवालाई जानकारी गराउनुभएको थियो । साथै निर्वाचन व्यवस्थापनमा सरकारका तर्फबाट भएको साधन स्रोत, जनशक्ति र सुरक्षाको सहयोगका सम्बन्धमा आयोगले प्रधानमन्त्री देउवालाई धन्यवाद दिनाका साथै आभारसमेत प्रकट गरेको थियो ।

भेटमा प्रधानमन्त्री देउवाले हालै स्थानीय तहको दोस्रो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा खुसी व्यक्त गर्दै कार्य सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिनुभएको थियो । प्रधानमन्त्री देउवाले चाँडै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने, आवश्यक कानुन निर्माण गर्ने तथा ऐन संशोधनको प्रक्रिया पूरा गरिने आश्वासन आयोगलाई दिनुभएको थियो ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रदेश नं ३, ४ र ६ मा गत वैशाख ३१ गते तथा दोस्रो चरणको निर्वाचन प्रदेश नं १, ५ र ७ मा यही असार १४ गते सम्पन्न भएको छ । प्रदेश नं २ मा भने असोज २ गतेका लागि स्थानीय तहको निर्वाचन तय भएको छ । रासस

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच छलफल

काठमाडौँ, १६ असार । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकार विस्तारलगायतका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटवार्ता सरकार सञ्चालन र मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा नै केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच सत्ता समीकरण र सरकारका कामबारे समेत छलफल भएको थियो ।

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच थप गृहकार्य गरेर छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने र सरकार सञ्चालन एवम् दुई पार्टीबीचको सम्बन्धलाई थप बलियो बनाउने बारेमा कुराकानी भएको अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

अध्यक्ष दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच पहिलोपटक बालुवाटारमा छलफल भएको हो । यसअघिका छलफल अध्यक्ष दाहालको निवास लाजिम्पाटमा नै हुने गरेको थियो । रासस 

उपप्रम महरा भारत जाने

काठमाडौँ, १६ असार । उपप्रधानमन्त्री कृष्णबहादुर महरा भारतका विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा यही असार १८ देखि २० गतेसम्म भारत भ्रमणमा जाँदै हुनुहन्छ ।

भ्रमणका क्रममा पराष्ट्रमन्त्री महराले भारतीय समकक्षीसँग भेटी द्विपक्षीय हितका बारेमा विचारको आदानप्रदान गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस

नेपाल बङ्गलादेश संस्कृति आदानप्रदानमा जोड

काठमाडौँ, १६ असार । नेपाल र बङ्गलादेशबीचको मैत्री सम्बन्धलाई साहित्यका माध्यमबाट जनस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले बङ्गलादेशको बङ्गला एकेडेमीबाट नेपाल भ्रमणमा आएका साहित्यकारको सम्मानमा आज आयोजना गरेको कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले दुवै मुलुकबीच रहेका कला, संस्कृति तथा साहित्यलाई एकापसमा आदानप्रदान गरी जनस्तरमा पु¥याउनुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले दुवै देशका महत्वपूर्ण कृतिलाई एकार्काका भाषामा अनुवादका माध्यमबाट प्रवद्र्धन गर्नुपर्ने बताउँदै छात्रवृत्ति आदानप्रदान र साहित्यिक गोष्ठी गर्ने गृहकार्य भइरहेको जानकारी गराउनुभयो ।

प्रा डा अभि सुवेदीले बङ्गाली कविता अग्रस्थानमा रहेको बताउनुभयो । पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले बङ्गलादेश ११आँै शताब्दीमा तत्कालीन बङ्गाली धर्मगुरु अतिशा दीपङ्कर नेपाल आएर बौद्ध दर्शन तथा साहित्यलाई प्रचार गरेको बताउनुभयो ।

बङ्गला एकेडेमीका निर्देशक समसुज्जामान खानले दुवै देश शान्ति तथा आर्थिक समुन्नतिका लागि क्रियाशील रहेको अवस्थामा आपसी सद्भाव तथा सहअस्तित्व अभिवृद्धि गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । एकेडेमीको निमन्त्रणामा खानको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल यही असार १५ गतेदेखि २० गतेसम्म नेपाल भ्रमणमा आएको छ । रासस

पूर्वखोला १, २ र ३ मा एमाले विजयी

विद्यालय हस्तान्तरण

भक्तपुर, १६ असार । फ्रान्सका राजदूत युभिस कारमोनले भूकम्पबाट क्षति भएपछि अन्तर्राष्ट्रिय संस्थाको ७० लाखको सहयोगमा पुनःनिर्माण भएको चाँगुनारायण नगरपालिका– ६ नगरकोटस्थित गड्गडे आधारभूत विद्यालय प्रअलाई हस्तान्तरण गर्नुभएको छ ।

फ्रान्सको इन्फ्रान्स र ओटी मार्फो नामक अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा निर्मित भूकम्प प्रतिरोधी दुईतले विद्यालय भवनमा नौ कोठा छन् । एक सय ५० विद्यार्थी अध्ययनरत सो विद्यालयमा नयाँ भवनसँगै विद्यार्थी सङ्ख्यामा वृद्धि हुने विद्यालयका प्रअ पूर्ण तामाङले अपेक्षा गर्नुभयो ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, इन्फ्रान्सका प्रमुख कारोलिन डेविल्ड, जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझी, भवन निर्माणका लागि समन्वय गर्ने संस्था डेल्टा कोरका प्रमुख सिद्धार्थराज पाण्डेलगायतले सुरक्षित भवन निर्माण गरी पूर्वाधार विकासका लागि सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । रासस

स्वास्थ्य सहयोग बढाउन दूतावासमा ज्ञापनपत्र

काठमाडौँ, १६ असार । एड्स रोगविरुद्धका अभियानकर्मीले चीनसँग स्वास्थ्यसम्बन्धी विश्व सहायता कोषमा थप रकम सहयोग गरिदिनका लागि आज चिनियाँ राजदूतावासमा ज्ञापनपत्र बुझाएका छन् ।

राष्ट्रिय एचआइभी महासङ्घ, एड्स हेल्थ केयर फाउन्डेसनलगायत स्वास्थ्यसँग सरोकार भएका अन्य संस्थाले ज्ञापनपत्र बुझेपछि दूतावासले सो चासोलाई सकारात्मक रुपमा लिएको राष्ट्रिय एचआइभी महासङ्घका अध्यक्ष अच्युत सिटौलाले जानकारी दिनुभयो । ज्ञापनपत्रमा सन् २०१७ देखि १९ सम्मका लागि एड्स, क्षयरोग तथा मलेरियाविरुद्ध लड्नका लागि विश्व कोषमा आफ्नो प्रतिबद्धतानुरुपको पूर्ण सहयोगका लागि आग्रह गरिएको छ ।

ज्ञापनपत्र बुझाउँदै एचएफ नेपालका राष्ट्रिय कार्यक्रम संयोजक दीपक ढुङ्गेलले चीन विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हो भन्दै, विश्वले स्वास्थ्य क्षेत्रमा चीनसँग अझ बढी सहयोगको अपेक्षा गरेको धारणा राख्नुभयो । एड्स, क्षयरोग र मलेरियाविरुद्ध विश्वव्यापी रुपमा लड्ने अभियानका लागि चीनले विश्व सहायता कोषमा एक बिलियन डलर बराबरको सहायता उपलब्ध गराउनुपर्ने ज्ञापनपत्रमा भनिएको छ । युएन एड्सका अनुसार विश्व सहायता कोषमा कटौतीको यो शृङ्खलाले सन् २०२० सम्ममा एचआइभी उपचार र सहयोगी कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा समस्या हुने र यसले २१ मिलियन मानिसको ज्यान जान सक्ने खतरा रहने छ । रासस

अजयमेरुमा माओवादी केन्द्र विजयी

डडेल्धुरा, १६ असार । अजयमेरु गाउँपालिकामा नेकपा(माओवादी केन्द्र)का उमेशप्रसाद भट्ट दुई हजार ६९० र माओवादी केन्द्रकै कलावती भाण दुई हजार १७१ मत ल्याएर अध्यक्ष र उपाध्यक्षमा विजयी हुनुभएको छ ।

उहाँहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः नेपाली काँगे्रसका लोकराज भट्टले एक हजार ७७९ र कमला विष्टले एक हजार ७७५ मत प्राप्त गर्नुभएको छ । रासस

पञ्चेश्वरमा एमाले विजयी

बैतडी, १६ असार । पञ्चेश्वर गाउँपालिकामा नेकपा (एमाले)का गोरखबहादुर चन्द दुई हजार ६०८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिनेशबहादुर चन्दले एक हजार ७१८ मत प्राप्त गर्नुभएको छ । गाउँपालिका उपाध्यक्षमा पनि एमालेकै विना भट्ट दुई हजार ४२४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी काँग्रेसकी विन्दु चन्दले एक हजार ८७४ मत प्राप्त गर्नुभएको छ । रासस

ताप्लीमा एमाले विजयी

गाईघाट (उदयपुर), १६ असार । ताप्ली गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का उद्धवसिंह थापा एक हजार २५७ मत ल्याई विजयी हुनुभएको छ ।
त्यसैगरी उपाध्यक्षमा एमालेकै कमला राई एक हजार ७३४ मत ल्याएर विजय हुनुभएको छ । रासस

माओवादी केन्द्र विजयी

११ दिनदेखि माडीमा विद्युत् सेवा अवरुद्ध

रत्ननगर (चितवन), १६ असार । चितवन राष्ट्रिय निकुञ्जस्थित जमिनमुनि गाडिएको विद्युत्को तारमा देखिएको खराबी पत्ता लगाउन भारतबाट मेसिन ल्याइएको छ ।

तारमा खराबी पत्ता लगाउन नेपालको प्रविधिले नसकेपछि जमिनमुनिको खराबी पत्ता लगाउने मेसिन (केवल फल्ट फाइन्डिङ मेसिन) भारतबाट ल्याइएको हो । आज चितवन आइपुगेको मेसिनलाई आजैदेखि प्रयोगमा ल्याइने छ ।

निकुञ्जभित्रको जमिनमुनि बिच्छ्याइएको तारको खराबीका कारण विगत ११ दिनदेखि दक्षिण चितवनको माडी नगरपालिका विद्युत्विहीन भएको छ । असार ५ देखि यहाँ विद्युत् सेवा अवरुद्ध भएको हो ।

“अन्डरग्राउन्डका तीनमध्ये एउटा केवलमा खराबी देखिएको छ, स्थानीय स्रोतसाधनबाट हेर्दा पत्ता लागेन, पत्ता लगाउने मेसिन नेपालमा नभएकाले भारतबाट मेसिन मगाइएको हो” – नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले भन्नुभयो । उक्त प्रविधि प्रयोग गर्न जान्ने विज्ञ प्रविधिज्ञ पनि सँगै आएका छन् ।

उहाँका अनुसार जमिनमुनि गाडिएको तारको माथि उक्त मेसिन हिँडाउँदा खराबी भएको ठाउँमा आवाज परिवर्तन भई बिग्रिएको सङ्केत दिन्छ । आजदेखि नै खराबी पत्ता लगाउन सुरु गरिने पौडेलले जानकारी दिनुभयो ।

भरतपुर वितरण केन्द्रका सुपरभाइजर र तथा माडी क्षेत्रका इन्चार्ज आनन्द कुँवर समस्या पत्ता लगाउन नसकिएपछि भारतबाट मेसिन मगाउन बाध्यता भएको बताउनुहुन्छ ।

गर्मीको समयमा विद्युत् नहँुदा माडीवासीलाई साह्रै समस्या परेको स्थानीय श्रीप्रसाद दवाडी बताउनुहुन्छ । खम्बा गोडेको दशकौँपछि बल्लतल्ल गएको मङ्सिरदेखि यहाँ विद्युत् बाल्न सुरु भएको हो ।

विसं २०५७ सालमा माडीमा विद्युत् आपूर्तिका लागि काम गरिए पनि त्यो योजना असफल भएपछि २०६७ सालदेखि नयाँ परियोजना आएको थियो ।

भारतीय सैनिक कल्याणकारी कोष र विद्युत् प्राधिकरणको लगानीमा सञ्चालित भरतपुर–चनौली–माडी ३३ केभी प्रसारण तथा ग्रामीण विद्युतीकरण आयोजनाले २०७३ साल कात्तिकमा विद्युत् पु¥याएको थियो । अहिले माडीमा करिब चार हजार ग्राहक भइसकेका छन् भने ग्राहक सङ्ख्या बढ्दो छ । रासस

घरेलु तथा साना उद्योगमा ४५ करोड भन्दा बढी लगानी

(बेँसीसहर) लमजुङ, १६ असार । लमजुङमा घरेलु तथा साना उद्योगको लागि मात्रै रु ४५ करोड भन्दा बढी लगानी भएको छ ।
घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयका अनुसार जिल्लामा सञ्चालित उत्पादनमूलक, सिलाइकटाइ, कृषि औजार, पर्यटन, र अलैँची उद्योगमा सबैभन्दा धेरै लगानी रहेको छ । जिल्लामा दुई दर्जन व्यावसायिक अलैँची र पर्यटन उद्योग सञ्चालनमा छन् ।
घरेलु तथा साना उद्योगहरुमा झन्डै सात हजारले रोजगारी पाएको समितिका प्रमुख लक्ष्मीप्रसाद दाहालले बताउनुभयो । जिल्लाका विभिन्न गाउँ तथा सदरमुकाममा समेत पर्याप्त घरेलु तथा साना उद्योग सञ्चालनमा आएको कार्यालय उहाँको भनाइ छ ।

घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको निर्यातमा वृद्धि भएसँगै बर्सेनि लगानी बढेको लमजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेश थापाले बताउनुभयो ।

परम्परागत खेतीप्रणालीमा निर्भर जिल्ला लमजुङमा पछिल्ला वर्षमा घरेलु तथा साना उद्योगमा आकर्षण बढेको छ । जिल्लामा हालसम्म घरेलु तथा साना उद्योगको सङ्ख्या दुईहजार २६२ पुगेको छ ।

पर्यटकलाई थप आकर्षण गर्न ताल प्रवद्र्धन

यसैगरी बर्सेनि हजारौँ पर्यटक आउने लमजुङमा पर्यटकलाई थप आकर्षण गर्न तालको प्रवद्र्धन गरिएको छ । सदरमुकाम बँेसीसहर– २, भकुन्डे तालफाँटमा रहेको ताल मर्मत गरी पर्यटक प्रवद्र्धन गर्न थालिएको हो ।
तालको संरक्षण हुन नसक्दा लोप हुने अवस्थामा पुगिसकेको थियो । पछिल्लो समय स्थानीयवासीले मर्मत गरी आकर्षक बनाएका छन् ।

सुन्दर फाँटको बीचमा रहेको ताल र तालको बीचमा रहेको तालबराह मन्दिर निकै आकर्षक भएको लमजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेश थापाले बताउनुभयो ।

“तालको बीचमा मन्दिर निर्माण गरिएको छ, मन्दिरले पोखराको विन्ध्यावासीनीको झल्को दिन्छ ।” थापाले भन्नुभयो । उहाँले तालको प्रचारप्रसार गरी पर्यटक आकर्षण तर्फ लागिपरेको बताउनुभयो ।

तालसँगै यस क्षेत्रबाट प्राकृतिक दृष्यावलोकन समेत गर्न सकिने सोही वडाका अध्यक्ष गणेश कँडेल बताउनुहुन्छ । उहाँले तालको प्रवद्र्धनको लागि सस्थागत रुपमा लागि परेको बताउनुभयो ।

“आँखा अगाडि अन्नपूर्ण र मनास्लु हिमशृङ्खला, सूर्र्योदय र सूर्यास्तको दृष्यले मन लोभ्याउछ” कँडेलले भन्नुभयो “यसलाई प्रचारप्रसार गर्न सकियो भने पर्यटकको ओइरो लाग्ने अनुमान छ ।”
तालसँगको सम्बन्ध धिताल वंशसँग जोडिएको बताइन्छ । धि नामले प्रख्यात धिताल गोपाल वंशदेखि नै तालमा आधिपत्य जमाएर बसेको किम्बदन्ती छ ।
पौराणिक ग्रन्थ गीताअनुसार कृष्णका चेलामध्यको एक धि नाम गरेको गोठालो सानैदेखि तपस्वी रहेको र उनलाई तालको संरक्षणको जिम्मा दिइएको बूढापाका बताउँछन् ।

खडेरी परेका बेला सो तालमा पूजा गरेपछि आकाशबाट पानी पर्ने जनविश्वास छ । “लामो समयसम्म खडेरी पर्दा स्थानीयवासी भेला भएर पूजा गर्ने चलन छ” स्थानीय नवीन धिताल भन्नुहुन्छ “तालमा पूजा गरेपछि सानो–ठूलो पानी परेकै हुन्छ ।”

५२ रोपनी जग्गामा फैलिएको यो तालको क्षेत्रफल पछिल्लो समय घटेको छ रासस÷सन्देश पौडेल ।

गच्छदारको गाउँमा काँग्रेस विजयी

इनरुवा, १६ असार । सुनसरी दुहवी नगरपालिका– २ को वडाध्यक्षमा नेपाली काँग्रेसका अरविन्द्रकुमार विश्वासले ६२० मत प्राप्त गरी विजयी हुनुभएको छ ।

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारको गाउँमा सोहि पार्टीका ललितनारायण चौधरीलाई १४० मत अन्तरले पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । रासस

मनोमानी शुल्क असुलेको आरोप

सुरुङ्गा (झापा), १६ असार । जिल्लामा सञ्चालित विभिन्न अस्पतालले उपचार गर्ने बहानामा प्रयोगात्मक परीक्षण गर्ने गरेको बिरामी र उनीहरुका आफन्तले आरोप लगाएका छन् ।

‘एकथोक बिरामी भएर अस्पताल आयो अर्कैथरी रोग’ देखाएर अनावश्यक चेक जाँचका नाममा चिकित्सकले ब्रम्हलुट मच्चाएको उनीहरुको आरोप छ । बिरामी र तिनका आफन्तले बिर्तामोडमा पत्रकार सम्मेलन गरी सामान्य रोगको लक्षण देखिएर अस्पतालमा उपचारका लागि आए परीक्षणका नाममा हुँदै नभएका उपकरणबाट रोग परीक्षणका लागि भन्दै बिल काट्न लगाउने र अनावश्यक चेकजाँच गर्ने गरेको आरोप लगाएका छन् ।

मोरङको भौंडाहाका ३० वर्षीय जयराम सरदारले आफ्ना ससुरा ५० वर्षीय फुलेन सरदारलाई बिर्तामोडको एक अस्पतालमा भर्ना गर्दा चेकजाँचका नाममा अनेकथरी जाँच गर्न लगाएको र एक थोक रोग हुँदाहुँदै अर्कै थोक रोगको उपचार गरेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो–“मेरा ससुरा फुलेनको दाहिने हातको चारवटा औंला काटिएकोमा अहिले उपचारार्थ विराटनगरको नोबेल अस्पतालबाट झापा ल्याए । उपकरण नभएपछि नोबेलकै सल्लाहमा अहिले उहाँको बिएन्डसीमा राखेर उपचार गर्दैछु ।”

बिर्तामोडका कनकाई, मनमोहन, बिर्तासिटी, कञ्चनजङ्घा अस्पतालले अनावश्यक चेकजाँचका नाममा शुल्क लिने गरेको बिरामीको आरोप छ । इलामको नयाँ बजारका ५९ वर्षीय लीलाबहादुर निरौलालाई बिर्ता सिटी अस्पतालले नशा सुकेको भनी औषधि खान दिएको आफन्तको आरोप छ ।

“पटक÷पटक अस्पताल धाउँदा पनि सुधार भएन,” निरौलाकी छोरी सीताले भन्नुभयो । “सिटी स्क्यान, एमआरआईलगायत परीक्षण गर्दा पनि रोग पत्ता नलागेपछि बिर्तामोडको बिएन्डसीमा आएर परीक्षण गराउँदा उहाँलाई ट्युमर भएको पाइयो,” उहाँले भन्नुभयो ।

बिर्तामोडको बिएन्डसी अस्पतालमा अत्याधुनिक प्रविधिसहितको ७२ जना दक्ष चिकित्सकले सेवा प्रदान गरिरहेका छन् । बिरामीको अत्याधिक चाप रहेको सो अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंले बताउनुभयो । आफ्नै वरिपरीका अस्पतालले यहाँको उच्च प्रविधिको उपयोग गरी बिरामीलाई उपचार गर्नुपर्नेमा बिराटनगर, धरान, भारतको सिलगुडीलगायत ठाउँमा पठाउने गरेका उहाँको भनाइ छ ।

पछिल्लोसमय बिएन्डसी मेडिकल कलेज, टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर पूर्वकै रिफरल अस्पतालको रुपमा विकसित हुँदै गएको छ । पूर्वका अन्य निजी अस्पतालभन्दा प्राविधिक तथा जनशक्तिका हिसाबले उच्च क्षमतायुक्त सो अस्पतालमा विराटनगरको मोडल, न्यूरो अस्पताल तथा धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट समेत बिरामी पठाइने गरेको पाइएको छ ।

बिर्तामोडकै अन्य अस्पतालमा उपचारार्थ भर्ना भएका बिरामीलाई स्थानीय अस्पतालले सेवा सुविधाबारे जानकारी हुँदाहुँदै पनि धरान, विराटनगर तथा भारतको विभिन्न ठाउँका अस्पतालमा पठाएर बिरामीलाई सास्ती दिने गरेको पाइएको छ । रासस

स्वास्थ्य बिमा गरेका ५८ बिरामीले वीरमा उपचार गराए

काठमाडौँ, १६ असार । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान, वीर अस्पतालबाट स्वास्थ्य बिमा गराएका ५८ बिरामीले सेवा लिएका छन् ।

सबैभन्दा पहिले स्वास्थ्य बिमा सुरु भएको कैलाली जिल्लाबाट उपचार गराउन आउने बिरामको सङ्ख्या उल्लेख्य भए पनि इलाम, पाल्पा, कास्की, बागलुङलगायतका जिल्लाबाट आएका बिरामीले पनि सेवा लिएका छन् ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले पहिलोपल्ट वीर अस्पतालसँग गत वर्ष असार १२ गते बिमा गराएका बिरामीका लागि उपचार गर्न सम्झौता गरेको थियो ।

एक वर्षको अवधिमा उपचार गराएका बिरामीको वीरले रु तीन लाख ४२ हजार १७९ समितिसँग शोधभर्ना माग गरेको छ । माग गरिएको रकममध्ये रु दुई लाख ७२ हजार ७६ अस्पतालले पाइसकेको छ ।

वीर अस्पतालका अधिकृत टीकाराम पनेरुका अनुसार सम्झौतापछि कैलालीका भीमबहादुर खड्काको पहिले उपचार गरिएको थियो ।

हर्निया, मिर्गौला, मधुमेह, थाइराइडलगायत रक्तचापको उपचारका लागि धेरै बिरामी आउने गरेको वीर अस्पतालले जनाएको छ ।

स्वास्थ्य बिमाका सदस्य बनेका बिरामीले आफ्नो पायक पर्ने नजिकका अस्पतालमा उपचार सम्भव नभए वा चिकित्सकको सल्लाहका आधारमा ठूला अस्पतालमा उपचार गर्न पाइने व्यवस्था छ तर चिकित्सकको सल्लाहबिना उक्त बिरामीको उपचार स्थानीय वा नजिकको स्वास्थ्य केन्द्रमा सम्भव हुँदाहुँदै केन्द्रका ठूला अस्पतालमा उपचार गराउन चाहेमा भने बिमा कार्यक्रमबाट ५० प्रतिशतमात्र सेवा लिन सकिनेछ ।

वीर अस्पतालबाहेक शिक्षण अस्पताल महाराजगञ्ज, गङ्गालाल, मानसिक रोग अस्पताल, मानवअङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर, निजामती अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, प्रसूति गृहलगायतमा पनि उपचार गराउन सकिनेछ ।

सरकारले स्वास्थ्यलाई सबै जनताको पहुँचमा पु¥याउन २०७२ चैत महिनादेखि कैलालीबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको थियो । हाल यो कार्यक्रम १२ जिल्लामा लागू भइसकेको छ ।

स्वास्थ्य बिमामा सहभागीले बिमा फाराम भर्दा नै कहाँ उपचार गराउने हो, त्यो स्वास्थ्य संस्थाको नाम उल्लेख गर्नुपर्छ । त्यसैअनुसार स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल, अञ्चल अस्पताल, क्षेत्रीय अस्पताल हुँदै केन्द्रीय अस्पतालसम्म उपचार गराउन पाउने व्यवस्था गरिएको छ ।

समितिका कार्यकारी निर्देशक डा गुणराज लोहनीले पहिलो बिन्दू प्राथमिक स्वास्थ्य केन्द्र तोकेको र त्यहाँबाट नहुने भएमा मात्रै त्यसमाथिका अस्पतालमा गई सेवा लिन पाउने बताउनुभयो । ‘‘एकैपटक माथिल्लोस्तरको अस्पतालमा गयो भने त्यसमा पाउने सहुलियतमा कटौती हुनेछ’’ – उहाँले भन्नुभयो ।

स्वास्थ्य बिमामा सहभागी हुने व्यक्तिले वार्षिक रु ५० हजारसम्मको उपचार गर्न पाउने व्यवस्था सरकारले गरेको छ । पाँचजना सदस्य भएका परिवारले बिमाका लागि फाराम भर्दा वार्षिक रु दुई हजार ५०० प्रिमियम तिर्नुपर्छ । पाँचभन्दा बढी परिवारका सदस्य छन् भने प्रतिसदस्य रु ४५० थप तिर्नुपर्छ र उसको परिवारले थप १० हजार बढी रकम बराबरको उपचार सहुलियत पाउँछ । यो रकम प्रायः सबैखाले रोगको उपचारमा प्रयोग हुन्छ । तर सरकारले पहिले नै निःशुल्क गरेको रोगको उपचार भने यथावत् रहने बताइएको छ । रासस

स्वास्थ्य बिमा गर्न १०१ जना सहयोगी खटिए

गोरखा, १६ असार । गोरखामा स्वास्थ्य बिमा कार्यक्रम लागू भएसँगै १०१ जना दर्ता सहयोगी खटिएका छन् ।

सांसद छमबहादुर गुरुङ, गोरखा नगरपालिका प्रमुख राजनराज पन्त, पालुङ्टार नगरपालिका प्रमुख दीपकबाबु कँडेललगायत जनप्रतिनिधिले बिहीबार स्वास्थ्य बिमा गराएर कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

दुईवटा नगरपालिका र नौवटा गाउँपालिका रहेको गोरखाका ९४ वडामा स्वास्थ्य बिमाका लागि दर्ता सहयोगी खटिएका छन् ।

बिहीबार नै अधिकांश वडाध्यक्षले आफ्नो स्वास्थ्य बिमा गरिसकेका छन् । रु दुई हजार ५०० तिरेर स्वास्थ्य बिमा गर्न सकिन्छ । वडा कार्यालयले छनोट गरी पठाएका व्यक्तिलाई तालिम दिएर बिमा दर्ता सहयोगी तोकिएको हो । दर्ता सहयोगीले तीन दिनको तालिम लिएका छन् ।

स्वास्थ्य बिमाको जिल्लास्थित प्रबन्धक ईश्वर रेग्मीका अनुसार चुमनुब्री गाउँपालिकाको ल्हो वडाबाहेक अन्यत्र स्वास्थ्य बिमा कार्यक्रम सुरुवात गरिएको छ । ल्हो गाउँबाट सहयोगी हुने व्यक्ति नआएकाले सामागाउँमा छनोट गरिएका सहयोगीलाई ल्हो गाउँ पनि हेर्ने गरी जिम्मेवारी दिने तयारी गरिएको छ ।

गरिब जनताको स्वास्थ्य उपचारमा सहयोग पु¥याउन र स्वास्थ्य परीक्षण गरिराख्ने बानीको विकास गर्न सरकारले स्वास्थ्य बिमा कार्यक्रम ल्याएको थियो । देशका १५ वटा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको छ, रेग्मीले भन्नुभयो – “दर्ता सहयोगी जनताको घर घर पुगेर बिमा गर्न चाहनेहरुको फोटो खिच्नुहुन्छ र परिचयपत्र दिनुहुन्छ ।”

बिरामी हुँदा सोही परिचयपत्र बोकेर स्वास्थ्य संस्था गएपछि रु ५० हजार बराबरको औषधि र उपचारमा पैसा तिर्नुपर्दैन ।

आफूले स्वास्थ्य बिमा गरेको र वडावासीलाई स्वास्थ्य बिमा गर्न आग्रह गरेको सिरानचोक गाउँपालिका–४ का वडाध्यक्ष दीपक हमालले बताउनुभयो । उहाँले भन्नुभयो – “स्वास्थ्य बिमा निकै प्रभावकारी कार्यक्रम हो, बिमित बनेर बिरामी हुँदा स्वास्थ्य सेवा लिन वडावासीलाई आग्रह गरिसकेको छु ।” स्वास्थ्य बिमा कार्यक्रम गाउँ गाउँमा लागू भए पनि जनतालाई बाध्य बनाइएको छैन । यो स्वेच्छिक कार्यक्रम हो ।

दर्ता सहयोगीहरुले मोबाइलमार्फत बिमित बन्न चाहनेहरुको तथ्याङ्क केन्द्रीय कार्यालयमा पठाउँछन्, रेग्मीले भन्नुभयो – “दर्ता सहयोगीलाई एक एक थान मोबाइल, आवश्यक फारम दिइसकेका छौँ । जतिजना बिमित बनाउनुहुन्छ सोहीअनुसार कमिसन दिन्छौँ, उहाँले भन्नुभयो– उहाँहरुलाई तलब, भत्ता छैन ।” मोबाइलमा रहेको एप्समा भरेको तथ्याङ्क इन्टरनेटमार्फत केन्द्रमा पठाउनुपर्ने हुन्छ । बिमित बनेको डेढ महिनापछि वर्षदिनका लागि निरन्तर सेवा लिन पाइन्छ । रासस

बैंक व्यापार गर्ने संस्था हैन : गभर्नर

काठमाडौँ, १६ असार । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय क्षेत्रले कार्यक्षमता र पारदर्शिता बढाउनुपर्नेमा जोड दिनुभएकोे छ ।

कुमारी बैंक लिमिटेडको एकीकृत कारोबार शुभारम्भ गर्दै उहाँले स्थानीय तहको निर्वाचनपछि ठूलो आर्थिक क्रियाकलाप स्थानीय तहमा हुने र त्यहाँ पुँजी आवश्यक पर्ने हुँदा बैंकहरु चाडो स्थानीय तह (गाउँसम्म) पुग्नु आवश्यक भएको बताउनुभयो ।

“बैंक र वित्तीय संस्थाको क्षमता अभिवृद्धि गरी आर्थिक क्रियाकलाप हुने स्थानीय तह गाउँसम्म विस्तार गरी दक्ष जनशक्ति र कुशल व्यवस्थापन जरुरी छ” – गभर्नर नेपालले भन्नुभयो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बैंकको एकीकृत कारोबार गर्ने नीतिअनुरुप बैंकको पुँजी झन्डै चार गुणाले बढेको र यसले एकीकृत कारोबार गर्न उत्साह प्रदान गरेको बताउनुभयो ।

बैंकर्स सङ्घका अध्यक्ष अनिलकेशरी शाहले बैंक तथा वित्तीय सुधारका लागि एकीकृत कारोबारलाई थप व्यवस्थित र पारदर्शी बनाइनुपर्ने खाँचो औँल्याउनुभयो ।

कुमारी बैंकका सञ्चालक डा शोभाकान्त ढकालले आफूहरुले राष्ट्र बैंकको नीतिअनुरुप पुँजी वृद्धि गरी आगामी कार्ययोजना तयार पारेको र अहिले बैंकको निक्षेप पुँजी जम्मा रु ५२ अर्ब र कर्जा ४५ अर्ब रहेको जानकारी दिनुभयो ।

यसैबीच कुमारी बैंकले राष्ट्र बैंकको नीति (आठ अर्ब चुक्ता पुँजी) अनुरुप आजदेखि एकीकृत कारोबार सुरु गरेको जनाएको छ ।

बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनीलाई (प्राप्ति) एकीकृत गरी कारोबार सुरु गरेको हो ।

कुमारी बैंकमा तीनवटा बैंक तथा वित्तीय संस्था एकीकृत भएपछि ७५४ कर्मचारी र ७४ वटा शाखा पुगेको बैंकले जनाएको छ ।

राष्ट्र बैंकको नीति अनुसार २०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकको रु आठ अर्ब, विकास बैंकको दुई अर्ब ५० करोड चुक्ता पुँजी पु¥याउनुपर्नेछ । रासस

नेपालको शिक्षामा जापानले थप सहयोग गर्ने

लिखुपिके र महाकुलुङमा माओवादी केन्द्र विजयी

सुनील सेठ्ठी पक्राउ परे काठमाडौंको एयरपोर्टबाट

काठमाडौं, १६ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक सुनील सेट्ठी पक्राउ परेका छन् । विमानस्थलको डिपार्चर चेकिङ एरियामा खानतलासी गर्दा २ हजार दरका २ सय थान भारती मुद्रा सहित ५१ वर्षीय सेठ्ठी पक्राउ परेका हुन् । उनी एअर इन्डियाको उडानबाट दिल्ली जान लागेका बेलामा पक्राउ परेका हुन् ।पुरा खबर Medianp.comमा  छ ।

Thursday, June 29, 2017

झापामा एमाले र माओवादी केन्द्रको विजयी सुरुवात

बनियानी (झापा), १६ असार । झापामा नेकपा (एमाले) र नेकपा (माओेवादी केन्द्र)ले खाता खोलेको छ । बाह्रदशी गाउँपालिका–१ मा एमालेको प्यानल नै विजयी भएको छ भने बुद्धशान्ति गाउँपालिका–७ को वडाध्यक्षमा माओवादी केन्द्र र अन्य चार पदमा एमालेले जितेको छ ।

बाह्रदशी गाउँपालिका–१ मा एमालेका शम्भूसिंह राजवंशी ५०० मत ल्याएर विजयी हुनुभएकोे निर्वाचन अधिकृत बाबुराम राईले जानकारी दिनुभयो ।

त्यस्तै, प्राप्त पछिल्लो मत परिणामअनुसार गाउँपालिका अध्यक्षका लागि नेकाका खड्प्रसाद राजवंशीले ६१४ र उपाध्यक्षमा रत्ना राजवंशीले ५८३ मत पाउनु भएको छ भने एमालेका अध्यक्षका उम्मेदवार लक्ष्मण पाठक ४५८ र उपाध्यक्ष गङ्गा धमला ४६९ मतका साथ पछ्याई रहनुभएको छ ।

बुद्धशान्ति गाउँपालिका–७ मा भने नेकपा (माओवादी केन्द्र)का मातृकाप्रसाद पौडेल ३०८ मत ल्याएर विजयी हुनुभएको छ भने अन्य चार पदमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

बुद्धशान्ति–७ मा अध्यक्ष पदका लागि नेकाले २४५, नेकपा (एमाले)ले २६८ र नेकपा (माओवादी केन्द्र)ले १८२ मत ल्याएका छन् । वडा नं १ को मतगणना सुरु गरिएको निर्वाचन अधिकृत इन्द्रकमल प्रधानले जानकारी दिनुभयो । रासस
–––––––

फाकफोकथुम गापा–१ मा नेपाली काँग्रेस

इलाम, १६ असार । इलामको फाकफोकथुम–१ मा नेपाली काँङ्ग्रेसका वडाध्यक्षसहित प्यानल नै विजयी भएको छ ।

सो वडाको मतगणनाको नतिजाअनुसार नेकाका वडाध्यक्षका उम्मेदवार टेकवीर लिम्बू ६०३ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बेगबहादुर निरौलाले ४४० मत ल्याएका हुन् ।

सो वडाको महिला सदस्यमा नेकाकी लक्ष्मीमाया राई ६४९, दलित महिला सदस्यमा सीता बराइली ७४४, खुल्ला सदस्यमा डम्वरबहादुर पौडेल ६७५ र बालकृष्ण भट्टराई ६१७ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत लीलाराज पौडेलले जानकारी दिनुभयो । रासस
––––––

बाँकेमा एमालेले खाता खोल्यो

खजुरा (बाँके), १६ असार । बाँकेको कोहलपुर नगरपालिका–१ मा नेकपा (एमाले)का गोपी खनाल अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

उहाँले आफ्ना प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पराजित गर्दै ५०९ मतका साथ अध्यक्षमा विजयी हुनुभएको हो । वडा नं १ मा खनालसँगै एमालेको सम्पूर्ण प्यानल नै विजयी भएको हो ।

उहाँका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले ३४४ मत र नेपाली काँग्रेसले २८० मत प्राप्त गरेका थिए । रासस

मिक्लाजुङ–२ मा एमाले विजयी

उर्लाबारी (मोरङ), १६ असार । मोरङको मिक्लाजुङ गाउँपालिका–२ को अध्यक्षमा नेकपा (एमाले)का गौरी राईसहित पूरै एमाले समूह विजयी भएको छ । यसअघि बिहीबार वडा नं १ मा नरबहादुर राई (जीवन)सहित पूरै एमाले समूह नै विजयी भएको थियो ।

आज बिहान सार्वजनिक अन्तिम मतपरिणामअनुसार मिक्लाजुङ–२ मा राईले सो वडामा खसेको एक हजार २०५ मतमध्ये ४७३ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का अमर राईले ३३० मत प्राप्त गर्नुभएको छ । यस्तै, सदस्यहरुमा एमालेकै कमलकुमारी राई, कृष्णकुमारी विक, नैनबहादुर राई र मोहन राई विजयी हुनु भएको छ । रासस
––––––––

काँग्रेस सात, माओवादी केन्द्र १२ र एमाले एक वडामा विजयी

बराह–१ मा नेपाली काँग्रेस प्यानल विजयी

सिटौलाको गृहनगरमा राप्रपाले खाता खोल्यो

सुरुङ्गा (झापा) १६ असार । नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको गृहनगरमा राप्रपाले जित सुरुवात गरेको छ ।

नेपालकै होचो ठाउँका रुपमा चिनिएको कचनाकवल गाउँपालिकामा राप्रपाले जित सुरुवात गरेको हो । कचनाकवल गाउँपालिका–१ मा राप्रपाका लक्ष्मीनारायण यादवले ८६० मतका साथ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार रुद्रमणि दाहालले ७३२ मत प्राप्त गर्नुभयो ।

नेकपा (एमालेका) अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा राप्रपा र नेकपा (एमाले)बीच तीव्र प्रतिस्पर्धा देखिएको छ । दमक नगरपालिका–१ मा अध्यक्ष पदका लागि राप्रपाका ताराप्रसाद अधिकारी र नेकपा (एमाले)का हरि न्यौपानेले बराबर ८०१÷८०१ मत प्राप्त गरेपछि अहिले के गर्ने भन्ने विषयमा सर्वदलीय बैठक बसिरहेको छ ।

यसअघि राप्रपाले जित हासिल गरेको भनिएको थियो । तर नेकपा (एमाले)ले पुनः मतगणना गर्न माग गरेपछि अधिकारी र न्यौपानेको मत बराबर आएको र अनिर्णित नै रहेको छ । रासस
––––––––

रैनादेवी गापा–१ माओवादी, २ मा काँग्रेस

पाल्पा, १६ असार । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ मा नेकपा ९माओवादी केन्द्र०का सोमबहादुर दर्लामीले ६११ मत ल्याएर वडाध्यक्षमा विजयी हुनुभएको छ । सोमबहादुर दर्लामी नेतृत्वमा पाँचै जनाकोे प्यानलले जितेको छ ।

यसैबीच, रैनादेवी छहरा गाउँपालिका–२ मा नेकाका जीवलाल पोखरेलले ५८७ मत ल्याएर वडाध्यक्षमा विजय हुनुभएको छ ।

रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले ८०५, उपाध्यक्ष चेतना गाहा ८३३, नेकपा ९एमाले०का अध्यक्ष रामबहादुर राउतले एक हजार २०३, उपाध्यक्ष गोमा बगालेले एक हजार १३०, नेकपा ९माओवादी केन्द्र०का फर्सबहादुर खाम्चाले ८४८ र उपाध्यक्ष खेममाया सुनारीले हालसम्म ८८३ मत प्राप्त गर्नुभएको छ । अझै ६ वडाको मतगणना हुन बाँकी छ ।

रम्भा गाउँपालिका–२ मा एमालेको प्यानल

यसैबीच, रामपुर, पाल्पाबाट प्राप्त समाचार अनुसार रम्भा गाउँपालिका–२ मा नेकपा ९एमाले०को प्यानल विजयी भएको छ ।

नेकपा एमालेका अध्यक्षका उम्मेदवार उमान सिं सारुले ८६७ मत ल्याई उहाँको पूरै प्यानल विजयी भएको छ । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका देवबहादुर कार्कीले ५७२ मत ल्याउनुभएको छ । अहिले वडा नं १ को मतगणना कार्य जारी रहेको छ । रासस

रुपाकोट मझुवागढीमा माओवादी केन्द्रको अग्रता

भोजपुरमा नेपाली काँग्रेसको अग्रता

भोजपुर, १६ असार । भोजपुर नगरपालिकालगायत विभिन्न गाउँपालिकामा दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना भइरहेको छ ।

जारी मतगणनाको प्राप्त परिणामअनुसार प्रमुख र उपप्रमुख पदमा नेपाली काँग्रेसको अग्रता कायम रहेको छ । भोजपुर नगरपालिकाको प्राप्त विवरणअनुसार प्रमुखमा नेकाका कैलाशकुमार आलेले एक हजार ३३९ र उपप्रमुखमा कृतिकुमारी कार्कीले एक हजार ३२१ मत प्राप्त गर्नुभएको छ भने एमालेका प्रमुख गणेश श्रेष्ठले एक हजार २३४ र उपप्रमुखमा ममिता राईले एक हजार २५२ मतले पछ्याई रहनुभएको छ ।

त्यस्तै, माओवादी केन्द्रका प्रमुखका उम्मेदबार शरणकुमार तामाङले ४८५ र उपप्रमुख मोनिका राईले ४७८ मत प्राप्त गर्नुभएको छ ।

षडानन्द नगरपालिकामा नेकाका प्रमुखको ४१८ र एमालेका प्रमुखले २५१ मतले पछ्याई रहनुभएको हो ।

जिल्लाको अरुण गाउँपालिका, हतुवागढी गाउँपालिका, पौवादुङमा गाउँपालिकामा नेकाको अग्रता कायम रहेको छ ।

ट्याम्केमयुङ्ग, साल्पासिलिछो र आमचोक गाउँपालिकामा एमालेको अग्रता छ भने रामप्रसाद राई गाउँपालिकामा माओवादी केन्द्रको अग्रता कायम रहेको छ । भोजपुरमा ६६.३१ प्रतिशत मत खसेको हो । रासस
––––––

बोको हरामद्वारा १० महिला प्रहरी अपहरित

अबुजा (नाइजेरिया), १५ असार । नाइजेरियाको शक्तिशाली आतङ्कबादी संगठन बोको हरामले दशजना नाइजेरियाली महिला प्रहरी अपहरण गरी बन्दी बनाएको छ ।

उनीहरुले ती महिला प्रहरीलाई अपहरण गरी बन्दी बनाएको दाबी गरेका छन् । सो जानकारी सहितको भिडियो उनीहरुले एक स्थानीय पत्रिकालाई उपलब्ध गराएका छन् ।

उक्त पत्रिकाले बोको हरामले दिएको उक्त भिडियोको बारेमा बिहीबार जानकारी गराएको बताइएको छ ।

आतङ्कबादी संगठन बोको हरामको एक अन–लाइन भिडियो प्रसारणमा पनि दशजना महिला सुरक्षाकर्मीलाई गत हप्ता नाइजेरियाको उत्तरपूर्वी नगर बोर्नोबाट अपहरण गरिएको देखाइएको छ ।

ती महिला प्रहरीलाई अज्ञातस्थलमा बन्दी बनाइएको भनी अबु बाकर सेकाउको नामबाट परिचित बोको हरामका एकजना नेताले दाबी गरेको दृश्यसहितको समाचार स्थानीय दैनिक पत्रिका द पन्चले बिहीबार प्रकाशन गरेको छ ।

बोको हरामको यस दाबी सम्बन्धमा नाइजेरियाली अधिकारीहरुले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

अबु बाकर सेकाउ नै बोको हरामको नेता रहेका सो समाचारमा दाबी गरिएको छ । यस भिडियोमा पनि उनले बोलेको दिइएको छ ।

तर सन् २०१४ मा भएको मुठभेडमा सुरक्षाकर्मीको गोली प्रहारबाट उसको मृत्यु भैसकेको नाइजेरियाली सेनाले दाबी गर्दै आएको थियो ।

नाइजेरियामा सन् २००९ देखि सुरु भएको हिंसात्मक विद्रोहमा परी २० हजार भन्दाबढी सर्वसाधारण नागरिकको मृत्यु भएको छ । साथै यस आतङ्कमा परी अन्य २३ लाख भन्दाबढी ब्यक्ति बिस्थापित भइसकेका छन् ।

सन् २०१४ को अप्रिलमा यही आतङ्कबादी संगठनले उत्तरपूर्वी बोर्नो राज्यकै चिबोक इलाकाबासी एक समुदायका दुइसय भन्दाबढी छात्रालाई विद्यालयबाटै अपहरण गरी बेपत्ता पारेको थियो ।

नाइजेरियाली सुरक्षाकर्मीले ती अपहरित छात्रामध्ये हालसम्म एकसय छ जनालाई मात्र मुक्त गर्न सकेको छ ।

बोको हरामका कम्तीमा एकहजार चारसय जना संदिग्ध लडाकूलाई नियन्त्रणमा लिई नाइजेरियाको उत्तरपूर्वी इलाकामा बन्दी बनाएर राखिएको जनाइएको छ । रासस÷सिन्ह्वा

गाई सुरक्षाको नाममा जनता मार्ने काम अस्वीकार्य : मोदी

यस्तो देखियो कारखानाको जोडी प्रिमियरमा

अमरदिप सापकोटाको लेखन र निर्देशन रहेको चलचित्रमा वर्षा सिवाकोटी र सुशील श्रेष्ठको अभिनय रहेको छ । घरबाट प्रेमका लागी भागेकी केटीले भोग्नु परेको दुख र उनले गरेको  सघर्षलाई चलचित्रमा उतारिएको छ ।

सुदिप खड्का र अमर बज्राचार्यको निर्माण रहेको चलचित्र कारखानामा वर्षा र सुशीलको साथमा नवीन लम्साल, जेविका कार्की, विकास उप्रेती, सुपी थापा, मौसमी मल्ल लगायतका कलकारको अभिनय रहेको छ । चलचित्रले दर्शकको राम्रो साथ पाउनेमा निर्माण पक्ष आशाबादी रहेको बताएका छन् । सिनेपाटीमा खबर छ ।

बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, २० विद्यार्थी घाइते

देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्छ:संयोजक गुरुङ

पोखरा, १५ असार । नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् प्रदेश नं– ४ संयोजक किरण गुरुङले कृषिको आधुनिकीकरण गर्दै मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय धान दिवसको उपलक्ष्यमा अखिल नेपाल किसान महासङ्घ कास्कीद्वारा आज माछापुच्छ्रे गाउँपालिकाका– ३ भलाबोट फाँटमा आयोजित असारे महोत्सवको शुभारम्भ गर्दै उहाँले प्रविधियुक्त व्यावसायिक कृषिमा युवा शक्तिको आकर्षण बढाउनुपर्ने बताउनुभयो ।

संयोजक गुरुङले पछिल्लो वर्षमा कृषिप्रतिको अनिच्छाका कारण खेतीयोग्य जमिन बाँझो हुने गरेको बताउँदै परम्परागत कृषि प्रणाली त्याग्दै आधुनिक व्यावसायिक कृषि प्रणालीलाई बढाउनुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमाले केन्द्रीय सदस्य एवम् सांसद सीता गिरीले मुलुकको समृद्धिका लागि कृषिको आधुनिकरणसँगै बजारिकरणमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

अखिल नेपाल किसान महासङ्घका केन्द्रिय उपाध्यक्ष शारदा सुवेदीले कृषि विकासका लागि किसानलाई अनुदान, बिमा, सिँचाइ, विद्युत् र आधुनिक प्रविधिलगायतमा आवश्यक सुविधा उपलव्ध गराउन महासङ्घले राज्यसँग माग गर्दै आएको जानकारी दिनुभयो ।

नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले वास्तविक कृषकलाई राज्यले प्रोत्साहन गर्दै यसतर्फ रुचि जगाउनुपर्नेमा जोड दिनुभयो ।

अखिल नेपाल किसान महासङ्घ जिल्ला समन्वय समितिका संयोजक चुडामणि बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा महासङ्घका प्रदेश संयोजक पुन्य पौडेल, कार्यक्रम संयोजक अर्जुन पोखरेल, सचिव रघुनाथ भण्डारी लगायतले कृषि क्षेत्रको विकासका लागि राज्य गर्नुपर्ने कार्यको विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

रोपाई महोत्सव रविप्रसाद पोखरेलको १० रोपनी क्षेत्रफलको जग्गामा भएको थियो । रासस

काडामा काँग्रेस, मस्टामा एमाले विजयी

बझाङ, १५ असार । काडा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका राजेन्द्र धामीले ३९४ र उपाध्यक्षमा काँग्रेसकै कल्पना बोहरा ३९४ मतसहित विजयी हुनुभएको छ ।

निकटतम प्रतिद्वन्द्वीमा नेकपा (एमाले)का मानबहादुर बोहरा ३३५ मत प्राप्त गर्नुभयो ।

मस्टामा एमाले
यसैगरी मस्टा गाउँपालिकाको अध्यक्षमा एमालेका कर्णबहादुर कडायत दुई हजार १४२ र उपाध्यक्षमा भगवतीकुमारी बोहराले दुई हजार १८० मत ल्याई विजयी हुनुभएको छ ।

निकटतम प्रतिद्वन्द्वीमा काँग्रेसका ज्ञानबहादुर बोहराले एक हजार ९१७ मत प्राप्त गर्नुभएकोे मुख्य निर्वाचन अधिकृत पूर्णप्रसाद बास्तोलाले जानकारी दिनुभयो । रासस

सुर्नया १ मा कांग्रेस र शिवनाथ १ मा एमाले विजयी

बैतडी, १५ असार । सुर्नया गाउँपालिका– १ मा वडा अध्यक्षमा नेपाली काँग्रेसका कलशबहादुर चन्द विजयी हुनुभएको छ । चन्दले १५८ मत ल्याउनुभयो भने उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का धनबहादुर चन्दले १२७ मत ल्याउनुभएको छ ।

यसैगरी जिल्लाको शिवनाथ गाउँपालिका–१ मा वडा अध्यक्षमा एमालेका करन पार्की विजयी हुनुभएको छ ।

पार्की ५७८ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी कांग्रेसका दशरथ चाडले ५१३ मत ल्याउनुभयो । रासस

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts