Monday, June 5, 2017

नवजात शिशु फेला

गुलरिया (बर्दिया), २२ जेठ । बार्दिया नगरपालिका–४ कुश्मघाटको पुल नजिकै आइतबार साँझ सालनालसहित नवजात शिशुलाई प्लास्टिकमा बेरेर जिउँदै फालिएको अवस्थामा प्रहरीले फेला पारेको छ ।

बनियाभार इलाका प्रहरी कार्यालयको गस्तीमा खटिएको अनुगमन टोलीले रोइरहेको अवस्थामा फेला पारेको नवजात शिशुलाई जिल्ला अस्पतालमा जाँचका लागि लगिएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीले बेवारिसे शिशु कसको हो भनी खोजी कार्य जारी राखेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts