Friday, June 2, 2017

प्रमुख र उपप्रमुखमा काँग्रेस र माओवादी केन्द्रबीच तालमेल

ताप्लेजुङ, १९ जेठ । असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङको फुङ्लिङ नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)बीच चुनावी तालमेल भएको छ ।

चुनावको मिति नजिकिदै जाँदा शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको घोषणा गरिएको हो ।

समीकरणअनुसार कांग्रेसका केशवप्रसाद दाहाल प्रमुख र (माओवादी केन्द्र)का बमबहादुर भट्टराई उपप्रमुख बनेका हुन् ।

दाहाल कांग्रेसका पूर्व पार्टी जिल्ला सभापति हुन् भने भट्टराई वाइसिएलका पूर्व जिल्ला अध्यक्ष हुन् ।

यता नेकपा (एमाले)ले भने छत्रपति प्याकुरेललाई प्रमुखमा उम्मेदवार बनाएको छ । एमालेले राप्रपा र नयाँ शक्ति पार्टी नेपालमध्ये एकसँग समीकरण गर्ने चर्चा छ । नयाँ शक्ति र राप्रपाले भने उपप्रमुखका प्रत्यासी मात्र घोषणा गरेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts