Tuesday, June 6, 2017

खेलकुद नीति २०६७ परिमार्जनका अन्तिम चरणमा

काठमाडौँ, २३ जेठ । युवा तथा खेलकुद मन्त्रालयले एक वडा दश युवा तथा एक उद्यम कार्यक्रम प्रत्येक निर्वाचन क्षेत्रमा नमुनाका रुपमा सञ्चालन गरेको छ । त्यसबाट दुई हजार ४०० लाभान्वित भएको जनाइएको छ ।

मन्त्री दलजित श्रीपाइलीले गत साउन २० गते मन्त्रालयको नेतृत्व गरेपछि अहिलेसम्म गरिएका विभिन्न कार्यक्रमको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा खेलकुद अस्पताल र खेलकुद विश्वविद्यालय स्थापनाका लागि काम भइरहेको जानकारी दिनुभयो ।
मन्त्री श्रीपाइलीले प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रिय तहको रङ्गशाला तथा प्रत्येक गाउँपालिका र नगरपालिकामा खेलपूर्वाधारको निर्माण अघि बढेको जानकारी दिनुभयो । खेलाडी कल्याणकारी कोष, खेलाडी स्वास्थ्य बिमा र परिचयपत्रको व्यवस्था गर्न राष्ट्रिय खेलकुद परिषद् बैठकबाट निर्णय भई प्रक्रिया अघि बढेको उहाँले बताउनुभयो ।

युवासम्बन्धी तथ्याङ्क बनाउने काम भइरहेको र पाँच सय युवाका लागि युवा सीप तथा नेतृत्व विकास कार्यक्रम सञ्चालन गरिएको बताउँदै उहाँले खेलकुद विकास ऐन, २०४८ लाई प्रतिस्थापन गर्न खेलकुद विधेयकको मस्योदा तयार गरी मन्त्रिपरिषद्बाट स्वीकृत भएर विधेयक समितिमा पठाइएको बताउनुभयो । राष्ट्रिय खेलकुद नीति २०६७ परिमार्जनको अन्तिम चरणमा रहेको जानकारी पनि उहाँले दिनुभयो ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेश नं ५ को बाँके र दाङमा सञ्चालन गर्न पूर्वाधार निर्माणलगायत २९ बुँदे काम यस अवधिमा अगाडि बढाइएको मन्त्रालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts