सल्यान, २३ जेठ । गए राति आएको हावाहुरीले शिशु जागरण माविको छाना उडाएपछि अध्ययन अध्यापन प्रभावित भएको छ ।
वागचौर नगरपालिका–९ मा रहेको विद्यालय भवनको छाना उडाएपछि परेको अविरल वर्षाका कारण पढाइ प्रभावित भएको प्रअ केवलराम डाँगीले जानकारी दिनुभयो ।
हावाले विद्यालयको छानामा राखिएको दुई हजार चार सय वाटको सोलार प्यानल तथाविद्यालयमा रहेका अन्य विद्युतीय सामाग्रीमा समेत क्षति पुग्दा करिब रु पाँच लाखको नोक्सान पुगेको छ । गए रातिदेखि नै लगातार वर्षा भइरहेकाले पनि भवनबाट विद्युतीय सामग्री बाहिर निकाल्न कठिनाइ भएको उहाँको भनाइ छ । विद्यालय हावाले उडाएपछि कक्षा ९ र १० का विद्यार्थीलाई समस्या भएको छ । रासस
Tuesday, June 6, 2017
छाना हावाले उडाएपछि अध्ययन प्रभावित
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment