Friday, June 23, 2017

विकासका लागि भ्रष्टाचार अन्त्य हुनुपर्छः संयोजक भट्टराई

उर्लाबारी (मोरङ), ९ असार । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले भ्रष्टाचारको अन्त्य नभएसम्म देशको विकास हुननसक्ने बताउनुभएको छ ।

नयाँशक्ति पार्टी र सङ्घीय समाजवादी फोरम नेपाल उर्लाबारी नगर समितिद्घारा संयुक्तरुपमा आज मोरङको उर्लाबारीमा आयोजित चुनावी कार्यक्रममा उहाँले भन्नुभयो– “विकास निर्माणको क्षेत्रमा ७० देखि ८० प्रतिशतसम्म भ्रष्टाचार हुने गरेकाले त्यसकोे अन्त्य गर्नु नै आफ्नो पार्टीको लक्ष्य रहेको छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका संयोजक भट्टराईले आर्थिक विकास नगरी गरिबी र बेरोजगारी अन्त्य गर्न नसकिने उल्लेख गर्दै नयाँ शक्ति पार्टीले अवको दुई दशकसम्म आर्थिक समृद्धिको अभियान चलाउने बताउनुभयो ।

निर्वाचन पनि एक प्रकारको युद्ध भएको बताउँदै उहाँले निर्वाचनको अभियानमा हिम्मतकासाथ लागिपर्न कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।

कार्यक्रममा नयाँशक्ति पार्टी र सङ्घीय समाजवादी फोरम नेपालबाट संयुक्तरुपमा उर्लाबारी नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदमा उम्मेदवारी दिनुभएका क्रमशः मनोहरी दाहाल र सावित्री याक्खाले नगरको समग्र विकासका लागि आफूहरु लागि पर्ने विचार व्यक्त गर्नुभयो ।

निर्वाचन परिचालन समितिका स्थानीय संयोजक बाङ्गाई धिमालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts