काठमाडौँ, २२ जेठ । भोजन नलीमा भएको अर्बुद रोगका कारण ललितपुर, हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारार्थ कलाकार सुरेन्द्र प्रधानको उपचारका लागि ललितकला हातेमालो अभियानले आज रु ५१ हजार आर्थिक सहयोग गरेको छ ।
अभियानका मुख्य संयोजक शान्तकुमार राई तथा संयोजक नरेन्द्रबहादुर श्रेष्ठ र रमेश खनाल एवं प्राज्ञ ज्योतिप्रकाश विक आज अस्पताल गई उहाँलाई सो रकम हस्तान्तरण गर्नुभयो ।
हाल महाराजगन्जमा बसोबास गर्नुभएका चौवन्न वर्षीय प्रधान गत १५दिनदेखि अस्पतालमा उपचाररत हुनुहुन्छ । आज उहाँलाई पहिलो किमो दिइएको छ । घनवाद र इलुस्टे«सन आर्टमा क्रियाशील प्रधानले भारत बम्बईस्थित जेजे स्कुल अफ आर्टबाट चित्रकलामा स्नातक उत्तीर्ण गर्नुभएको छ । अभियानले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आर्थिक सहयोगका लागि कलाकारलगायत सबैसँग आह्वान गरेको छ । रासस
Monday, June 5, 2017
कलाकार प्रधानलाई आर्थिक सहयोग
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment