Thursday, July 27, 2017

गुर्जाको पहाडको ‘क्वार्ज’ पत्थर उत्खनन हुन सकेन

बेनी (म्याग्दी), १२ साउन । धौलागिरि गाउँपालिका–१ गुर्जाको पहाडमा रहेको ‘क्वार्ज’ नामक बहुमूल्य पत्थरको खानी उत्खनन हुन सकेको छैन ।

घुर्म खोलाअन्तरगत गुर्जा हिमालको फेदमा रहेको सो खानी आवश्यक प्राविधिक सहयोग नहुनु र राज्यको बेवास्ताका कारण उत्खनन हुन नसकेको हो ।

सुन, चाँदी जस्ता धातुका गहनामा प्रयोग हुने हुँदा सो पत्थरको बजारमा अत्यधिक माग रहेको छ । गुर्जा गाउँबाट करिब एक दिनको पैदल दूरीमा रहेको खानीआसपासका पहाड रातको समयमा बत्ती बले जस्तै टल्किने गरेको धौलागिरि गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झकप्रसाद छन्त्यालले बताउनुभयो ।

“खानीआसपासका क्षेत्र रातको समयमा समेत टल्कन्छन् । प्रचूर सम्भावना भएपनि राज्यले नै चासो देखाएको छैन”– छन्त्यालले भन्नुभयो । गाउँपालिकाको बजेटमा खानीको खोजीका साथै विभिन्न योजनाकाबारेमा समेत छलफल भएको बताउँदै उहाँले यसवर्ष खानीस्थलमै पुगेर हेर्ने बताउनुभयो ।

बहुमुल्य हिराको खानी हुनसक्ने भन्दै एक दशक अगाडि खानी भएकै स्थानमा पुगेर अवलोकन गरी नमूना ल्याइएको थियो । खानी प्राचीनकालमा उत्खनन गरेजस्तो देखिने र नमूना हेर्दा हिरा खानी हुनसक्ने स्थानीय बूढापाकाको ठम्याइ छ ।

साँघुरो रहेको खानीभित्र प्रवेश गर्दा उज्यालो देखिएपछि स्थानीयले घरेलु प्रविधिको प्रयोग गरेर निकाल्ने प्रयास गरेपनि सम्भव नदेखिएपछि फर्किएका थिए । ‘क्वार्ज’ नामक ढुङ्गा भएको पुष्टि भएपछि २०६५ सालमा आयोजित म्याग्दी महोत्सवमा प्रदर्शन पनि गरिएको थियो ।

महोत्सवको आकर्षणका रुपमा रहेको ढुङ्गालाई पहिचान तथा प्रशोधनका लागि भारतसम्म पु¥याइएपनि राज्यको कानुनी प्रक्रिया झन्झटिलो तथा उत्खनन गर्न खोज्ने व्यापारी प्रहरीको निगरानीमा परेपछि अलपत्र अवस्थामा छोडिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव राजेश शाक्यले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts