नेपाल कम्युनिष्ट पार्टी एमालेको भात्रृ संगठन प्रवासी नेपाली मञ्च स्वीट्जरल्याण्डको अधिवेशन सञ्जय मुडवरीको अध्यक्षतामा १० सदस्यीय कार्य समितिको चयन गर्दै सम्पन्न भएको छ ।
एमाले केन्द्रीय सचिव योगेश भट्टराईको प्रमुख आतिथ्यतामा आइतबार स्वीट्जरल्याण्डको जेनेभामा सम्पन्न उक्त अधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको हो । नव निर्वाचित कार्य समितिका अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा श्रवण केसी, उपाध्यक्ष द्वयमा दीर्घ श्रीस मगर र बलराम विक तथा महासचिवमा बिक्रम केसी, सचिवमा जीवन भट्टराई, कोषाध्यक्षमा अशोक पाण्डे रहेका छन् । त्यसैगरी सदस्यहरुमा बिदुर संग्रौला, सन्तोष राई र प्रबीन थापा मगर रहेका छन् ।
केही समयदेखि दुई समूहमा बाँडिएर रहेको मञ्चलाई एक गर्दै असन्तुष्ट पक्षलाई समेत समेटेर नयाँ कार्य समिति चयन भएको हो । उक्त कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सचिव भट्टराईले नव निर्वाचित टिमलाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । साथै कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले नेपालमा गणतन्त्र स्थापनामा राजनीतिक दलहरुको महत्वपूर्ण योगदान रहेको कुरा उल्लेख गर्दै तिनै दलहरुका भातृ संगठनका कार्यक्रममा विदेशमा रहेका नेपाली दूतावासका प्रतिनिधिहरुको उपस्थिति नहुनु दुःखद रहेको उल्लेख गर्दै नेपाली राजनीतिक दलहरुका भातृ संगठनहरुलाई स्वीकार्न नसक्ने दूतावासका कर्मचारीहरुलाई नेपाल फर्कन समेत चुनौति दिएका छन् ।
कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष एवं वर्तमान यूरोप संयोजक सुवास पोख्रेल, प्रवासी नेपाली मञ्च बेलायतका निवर्तमान अध्यक्ष राम शरण सिंखडा तथा कुमार के.शी. लगायत स्वीट्जरल्याण्डमा रहेका विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।
Wednesday, July 26, 2017
प्रवासी नेपाली मञ्च स्वीट्जरल्याण्डको अध्यक्षमा मुडवरी
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment