Friday, July 21, 2017

पासाङल्हामु राजमार्ग खुला

रसुवा, ७ साउन । पहिराका कारण अवरुद्ध राम्चे–स्याउबारी खण्डको पासाङल्हामु राजमार्ग शुक्रबार साँझदेखि खुलेको छ ।

ट्राफिक प्रहरी कार्यालय रसुवाका अनुसार डोजरको सहायताले पहिरो पन्छाई रोकिएको सयौँ सवारीसाधन ओहरदोहर गराउने काम भएको छ । कालिका गाउँपालिका–१ क्षेत्रको सडक सफा गर्न दुई डोजर प्रयोग भएको समाजसेवी चामसिंह तामाङले बताउनुभयो ।

यस्तै टिमुरे–घट्टेखोला बीचमा अवरुद्ध सडकसमेत रसुवागढी हाइड्रोपावरको डोजरले खुला गरिसकेको र नेपाल–चीनका सामान ढुवानी गर्ने ट्रक कन्टेनर केरुङतर्फ गइसकेको सीमा प्रहरी चौकी टिमुरेले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts