Thursday, July 20, 2017

नेपाली कलाकार सम्मानित

काठमाडौँ, ५ साउन । दुई नेपाली कलाकारले भारतको मुम्बईमा पुरस्कार प्राप्त गर्नुभएको छ ।
कलाकारद्वय महेश आचार्य र समुद्रमानसिंह श्रेष्ठले ‘स्पन्दन इन्टरनेशनल’ बाट ‘एक्सिलेन्ट अवार्ड’ प्राप्त गर्नुभएको हो । स्पन्दनले भारतका विभिन्न स्थानमा ४५ महिनाका बीचमा दुई हजार ५०० कलाकार सहभागी गराई प्रदर्शनीको आयोजना गरेको थियो । ती प्रदर्शनीमा सहभागी कलाकारमध्येबाट विश्वका विभिन्न मुलुकका १० कलाकारलाई सम्मान दिइएको कलाकार आचार्यले बताउनुभयो ।
यही साउन २ गते मुम्बईस्थित ‘मुम्बई आर्ट सोसाइटी’मा भारतका कलाकार पृथ्वी सोनीले कलाकारलाई सम्मान प्रदान गर्नुभएको थियो । नेपाली कलाकारले पाएको सम्मानले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन मद्दत गरेको कलाकार आचार्यले बताउनुभयो । कलाकार श्रेष्ठले नेपाली कलाकारले पनि अन्तर्राष्ट्रियस्तरका कला सिर्जना गर्नसक्छन् भन्ने कुरा पछिल्ला कला प्रदर्शनीमा पुष्टि भइरहेको बताउनुभयो । दुई वर्षअघि १२ नेपाली कलाकारको प्रदर्शनी भारत, हिमाञ्चल प्रदेशको सिम्लामा भएको नेपाल ललितकला

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts