Friday, July 21, 2017

दुर्घटनामा मृत्यु

भद्रपुर, ७ साउन । झापाको बिर्तामोड–भद्रपुर सडकखण्डको हर्चानामा शुक्रबार भएको सवारी दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका–८ निवासी कृष्ण थापाको मृत्यु भएको छ ।
घटनामा थापा र सोही स्थान बस्ने ३२ वर्षीय गोविन्द चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिर्तामोडबाट चन्द्रगढीतर्फ आइरहेको बा १० च ४०८१ नंको कारले विपरीत दिशाबाट गइरहेको मे २ प ९०६८ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

उपचारका क्रममा बिएण्डसी हस्पिटल बिर्तामोडमा मोटरसाइकल चालक थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि ठक्कर दिने कार चालक टंकप्रसाद रिजाललाई प्रहरीले नियन्त्रण लिएको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts