Tuesday, July 25, 2017

सांस्कृतिक प्रवद्र्धनका लागि लाखे महोत्सव गरिने

खोटाङ, ११ साउन । रुपाकोट मझुवागढी नगरपालिकास्थित व्यापारिक केन्द्र दिक्तेलमा लाखे महोत्सव–२०७४ आयोजना गरिने भएको छ । सांस्कृतिक प्रवद्र्धन, स्थानीय व्यापारिक प्रवद्र्धन र सांस्कृतिक भाइचाराको विकास गर्ने उद्देश्यले साउन २१ गते महोत्सव आयोजना गरिने भएको हो ।

रुपाकोट मझुवागढी नगरपालिकाभित्र विभिन्न ठाउँमा बसोबास गर्ने नेवार समुदायको संस्कृति जगेर्ना तथा भातृत्वको भावना अभिवृद्धि गर्न महोत्सव आयोजना गरिएको आयोजक समितिका प्रवक्ता मनोजकुमार वजिमयले बताउनुभयो । नगरपालिकाका खाल्ले, दिक्तेल, सोल्मा, बुइपा, जालपा, खार्मी, दोबेलालगायतका ठाउँका नेवारी समुदायले महोत्सवमा भाग लिने वजिमयले जानकारी दिनुभयो ।

यसबाहेक अन्य पालिकाका नेवार समुदायले पनि महोत्सवमा सहभागी हुने आयोजकले जनाएको छ । ‘हाम्रो नगर हाम्रो शान, हाम्रो संस्कृति आफ्नै पहिचान’ भन्ने मूलनाराका साथ प्रथम रुपाकोट मझुवागढी नगर लाखे महोत्सव–२०७४ आयोजनाले व्यापारिक केन्द्र दिक्तेलको मात्र होइन सिंगो जिल्लाको आर्थिक विकासमा सहयोग पुग्ने खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लयालुले बताउनुभयो ।

लाखे महोत्सवका साथमा लाखे नाँच, ठाकठुके (घिन्ताङ किसी), रोपाइँजात्रालगायतको प्रदर्शनी गरिने आयोजकले जनाएका छन् । रासस
–––––––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts