Sunday, July 2, 2017

दुईसय २४ स्थानीय तहको मतपरिणाम घोषणा

काठमाडौँ, १९ असार । दोस्रो चरणको प्रदेश नं १, ५ र ७ का ३५ जिल्लामा यही असार १४ गते भएको स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम आउनेक्रम जारी रहेको छ ।

निर्वाचन आयोगमा स्थापित संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार आज बिहान ७ बजेसम्ममा २२४ स्थानीय तहको अन्तिम मतपरिणाम घोषणा भइसकेको छ ।

केन्द्रका अनुसार १ नम्बर प्रदेशको ९०, ५ नम्बर प्रदेशको ६३ र ७ नम्बर प्रदेशको ७१ स्थानीय तहको अन्तिम मतपरिणाम प्राप्त भएको छ ।

बाँकी स्थानीय तहको मतगणना शान्तिपूर्ण रुपमा भइरहेको छ । तीन सय ३४ स्थानीय तहका लागि असार १४ गते भएको निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मतदाता सहभागी भएका थिए ।

सो निर्वाचनमा ७३.६९३ प्रतिशत मत खसेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts