Sunday, July 2, 2017

यशोधरा गाउँपालिकामा काँग्रेस विजयी

कपिलवस्तु, १८ असार । यशोधरा गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवैमा नेपाली काँग्रेसका उम्मेदवार विजयी बनेका छन् ।
मतगणनाको अन्तिम मतपरिणामअनुसार काँग्रेसका प्रमुख पदका उम्मेदवार गिरिजेशकुमार पाण्डेयले तीन हजार २७५ र उहाँका निकटम प्रतिद्वन्द्वी राजपा नेता स्वतन्त्र उम्मेदवार रामदेव कलवारले तीन हजार १५५ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा काँग्रेसकी कन्यावती उपाध्याय दुई हजार ९५७ मत प्राप्त गरी विजयी बन्नुभएको छ । उहाँका निकट प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरम नेपालकी राजमति यादवले एक हजार ७०९ मत प्राप्त गरेको मतगणनामा संलग्न प्रशासकीय अधिकृत पुनाराम पौडेलले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts