Thursday, July 27, 2017

भरतपुरको प्रकरणमा आज सर्वोच्चमा पेशी


स्थानीय निर्वाचन अन्तर्गत पहिलो चरणको निर्वाचनको मतगणनाका क्रममा भरतपुर महानगरपालिका वडा नं. १९ को मतपत्र च्यातिएपछि स्थगित भएको मतगणना र त्यस विरुद्ध सर्वोच्चमा परेको मुद्दाको पेशी  आजलाई तोकिएको छ ।
मतपत्र च्यातिएपछि निर्वाचन आयोगद्वारा पुनः निर्वाचनको आदेश दिएपछि त्यसका विरुद्धमा परेको उक्त मुद्दामा यसअघि वादी तथा प्रतिवादी दुबै पक्षका वकिलहरुको बहस सम्पन्न भईसकेको छ । आजको पेशीमा न्यायधिश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारिको संयुक्त इजलासले निर्वाचन आयोगको निर्णय अनुसार पुनः मतदान वा रिटमा माग भए अनुसार पुनः मतगणना भन्ने विषयमा फैसला सुनाउनु पर्नेछ ।
मतगणनाका क्रममा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि निर्वाचन आयोगले दिएको पुनः मतदानको आदेश चित्त नबुझी सोही वडाका एमालेका उम्मेदवार उञ्जमान विक र सोही वडाका मतदाता समेत रहेका अधिवक्ता तुलसी पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए ।
न्यायधिश चोलेन्द्र शम्शेर जवराको इजलासले प्रारम्भिक सुनुवाई पश्चात् तत्काल पुनः मतदानको निर्णय कार्यान्वयन नगराउन निर्वाचन आयोगलाई अन्तरिम आदेश दिएपछि अल्झिएको उक्त मुद्दा मतपत्र च्यातिएको ठीक दुई महिना पुगेको दिन आज पेशीमा परेको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts