Saturday, July 22, 2017

विदेशमा प्राविधिक विषय पढ्ने विद्यार्थीको रोजाइ

काठमाडौँ, ७ साउन । नेपाल बाहिर पढ्न चाहने विद्यार्थीको पहिलो रोजाइ प्राविधिक र व्यावसायिक विषय देखिएको छ ।

नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले सञ्चालन गरेको मेलामा आउने विद्यार्थीमा त्यस्तो रुचि देखिएको हो । भृकुटीमण्डपमा यही साउन ५ गतेदेखि जारी सो चारदिने मेलामा आज उत्साहजनक सहभागिता भने देखिएन ।

मेलामा कक्षा १२ को परीक्षा सिध्याएर परीक्षाफल कुरिरहेका कलिला किशोर किशोरीदेखि स्नातकोत्तर तह र सोभन्दा माथिसम्म अध्ययन गरेकाहरु पनि विदेशको शिक्षाबारे जानकारी लिन आएको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्यार्थीको रोजाइमा अमेरिका, अष्ट्रेलिया, बेलायत, जापान, क्यानाडा, न्यूजिल्याण्डदेखि चीन, भारत, श्रीलंका र बंगलादेश आदि मुलुक छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts