Sunday, July 2, 2017

बेल्डाँडी गाँउपालिकामा एमाले विजयी

कञ्चनपुर, १९ असार । कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा(एमाले)का उम्मेदवार विजयी भएका छन् ।

आइतबार राति अबेर निर्वाचन अधिकृतको कार्यालय बेल्डाँडीको घोषित परिणामअनुसार अध्यक्ष पदमा नेकपा(एमाले)का धनबहादुर थापा क्षेत्रीले तीन हजार २१५ मत ल्याई विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चन्द्रबहादुर सिंहले दुई हजार ५९६ मत ल्याउनुभएको छ ।

उपाध्यक्षमा एमालेका कमलादेवी कार्कीले तीन हजार १३७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका किस्नादेवी गिरीले दुई हजार २७५ मत ल्याउनुभएको छ ।
सो गाउँपालिकाको वडा नं १, २, ४ र ५ मा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार विजयी भएका छन् भने वडा नं ३ मा काँग्रेसका वडा अध्यक्ष पदका उम्मेदवार विजयी भएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts