Wednesday, July 19, 2017

सचिव रिजाललाई मातृशोक

काठमाडौँ, ४ साउन । नेकपा (एमाले) का केन्द्रीय प्रचार विभागका सचिव एवम् प्रेस चौतारी नेपालका पूर्व महासचिव विष्णु रिजाललाई मातृशोक परेको छ ।
उहाँकी आमा डिल्लीसरा रिजालको भैरवी–५, दैलेख डाँगर गाउँमा आज बिहान ७५ वर्षको उमेरमा निधन भएको हो ।

एमालेका सचिव एवम् प्रचार विभागका प्रमुख योगेश भट्टराईले शोक विज्ञप्ति जारी गरी दिवङ्गत डिल्लीसराप्रति श्रद्धाञ्जलि र परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।

यस्तै चौतारीका महासचिव राजेश राईले पनि विज्ञप्तिमार्फत् समवेदना व्यक्त गर्नुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts