Tuesday, July 18, 2017

बालिका र वृद्वको मृत्यु

गुलरिया (बर्दिया), ४ साउन । मङ्गलबार बर्दियाको ठाकुरबाबा नगरपालिका–३ मानपुर बस्ने पणँ ऐरीकी छोरी ११ वर्षीया सपना ऐरी घरबाट नजिकै धोबीखोला नहरमा नुहाउने क्रममा दिउँसो डुबेर बेपत्ता भएकीमा राति शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी, बर्दियाको गेरुवा गाउँपालिका–६ बस्ने ६६ वर्षीय शेरबहादुर शाही मादक पदार्थ सेवन गरी नजिकै स्याउली बजारस्थित तटबन्धबाट नदीमा खसेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । रासस
–––––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts