Saturday, July 22, 2017

नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

चितवन, ८ साउन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला र चेपाङडाँडाको बीचमा खसेको पहिरो पन्छाएपछि आज बिहान ४ः३० बजेबाट सडक पूर्णरुपमा सञ्चालनमा आएको छ ।

शनिबार दिउँसो ठूलो पहिरो खसेपछि सवारी आवागमन रोकिएको थियो । दिउँसो ३ः५० बजे मुग्लिनबाट २ दशमलब ३ किमी नारायणगढतर्फ पहिरो खसेको हो ।

पहिरो पन्छाउने क्रममा राति ८ बजेबाट एकतर्फीरुपमा सडक सञ्चालनमा आएको भए पनि बिहानबाट मात्र पूर्णरुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो ।

सोही ठाउँमा गत महिना पहिरो खस्दा ३४ घण्टा सडक अवरुद्ध भएको थियो । सो सडकमा रातको समयमा आवागमन रोकिँदै आएको छ ।

सडकको स्तरोन्नतिका क्रममा भित्तो काटिएका ठाउँमा पटकपटक पहिरो खसेपछि राजधानी प्रवेशको यो मुख्य मार्गहुँदै आवतजावत गर्ने यात्रुले दुःख पाउँदै आएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts