Friday, July 21, 2017

एकै परिवारका चार जना मृत फेला

बनेपा, ६ साउन । काभ्रेपलाञ्चोकको बनेपामा आज एकै परिवारका चार सदस्य मृत अवस्थामा फेला परेका छन् ।

बनेपा–८ स्थित बसपार्कमा रहेको गौतम भोजनालयमा ६५ वर्षीय हरिभक्त दाहाल, ६० वर्षीया हरिमाया दाहाल, ३२ वर्षीय राजाराम दाहाल र २५ वर्षीया रञ्जना दाहाल मृत अवस्थामा फेलापरेको र के कारण उनीहरुको मृत्यु भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाहाल परिवार बनेपा–२ टुकुचा नाला निवासी हुन् ।

मृत भेटिएकाहरु एकै परिवारका बुबा, आमा, छोरा र छोरी हुन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts