Wednesday, July 19, 2017

गोलीसहित दुईजना पक्राउ

पर्सा, ४ साउन । भारतबाट अवैध रुपमा भित्र्याइएका ५० थान गोलीसहित पक्राउ परेका दुईजना अभियुक्तलाई आज जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको छ ।

बाह्र बोरको ५० थान गोलीसहित पक्राउ परेका पर्साको बगवाना–७ निवासी ५५ वर्षका क्षेत्री चौधरी र २१ वर्षका रामकिशुन चौधरीलाई प्रहरीले सार्वजनिक गरेको हो ।

ना ४५ प ९१९६ नम्बरको मोटरसाइकलमा सवार रहेका चौधरीद्वयले आलुको बोरामा गोली लुकाइछिपाई नेपाल भित्र्याउन लागेको पूर्व सूचनाको आधारमा पर्साको मनवा र रंगपुर टाँडीको बीचमा जाँच गर्दा १२ बोरको ५० थान गोली बरामद भएपछि आवश्यक अनुशन्धानका लागि नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा उपरीक्षक गिरीले पक्राउ परेका दुबै अभियुक्तमाथि हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी भएको बताउनुभयो ।

पक्राउ परेका क्षेत्री चौधरी वन पैदवार चोरी निकारी, वन रक्षकमाथि आक्रमण जस्ता अपराधमा पहिले पनि मुद्दा खेपिसकेको उपरीक्षक गिरीले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts