Sunday, July 16, 2017

कनकाई नदीले बगाएर बेपत्ता बनेका फुयाँल मृत फेला

सुरुङ्गा (झापा), २ साउन । कनकाई नदीले बगाएर बेपत्ता बनेका शिवसताक्षी नगरपालिका–७ का २९ वर्षीय कमल फुयाँलको शव फेला परेको छ ।

प्रहरीले आइतबार राति फुयाँललाई बगाएको ठाउँबाट झण्डै ५०० मिटर तल मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरि शर्माले जनाकारी दिनुभयो । शिवसताक्षी–१० दोमुखामा नदी तर्दै गर्दा फुयाँल बगेर बेपत्ता भएका थिए ।

पाँच वर्षीया बालिकालाई करणी अभियोगमा पक्राउ

पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले झापाको हल्दिवारी गाउँपालिका–१ बाट ४८ वर्षीय गोपाल महतलाई स्थानीयवासीको सहयोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शनिबार सोही गाउँपालिका–२ सुकुम्वासी टोल निवासी एक बालिकालाई उनले जबर्जस्ती करणी गरेको उजुरीपछि महतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरि शर्माले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts