Monday, July 3, 2017

चौदण्डी नगरपालिकामा काँग्रेस विजयी

गाईघाट (उदयपुर) १९ असार । जिल्लाको चौदण्डी नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार खगेन्द्र राईले छ हजार ८७० मत प्राप्त गरेर प्रमखु पदमा विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नरेन्द्र राउतले छ हजार ३३० मत प्राप्त गर्नुभयो ।

यसैगरी, उपप्रमुखमा काँग्रेसकै रीताकुमारी चौधरीले सात हजार ६६८ मत प्राप्त गरेर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकै कान्ता राईले छ हजार ४८५ मत प्राप्त गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts