Monday, July 3, 2017

रुपन्देहीको मायादेवी गापामा काँग्रेस विजयी

लुम्बिनी, १९ असार । रुपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएका छन् ।

अध्यक्षमा ध्रुवनारायण चौधरीले दुई हजार ८१६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रामअधारे यादवले दुई हजार २५२ मत प्राप्त गर्नुभयो ।

यसैगरी उपाध्यक्षमा तारादेवी यादवले दुई हजार २१३ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी मधेसी जनाधिकार फोरम लोकतान्त्रिककी राजकुमारी चौधरीले दुई हजार १६९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत रुद्र पन्थीले जानकारी दिनुभयो ।

कुल २० हजार ८८६ मतदाता रहेको सो गाउँपालिकामा १६ हजार ८९७ मत खसेको थियो । तीमध्ये करिब १५ प्रतिशत मद बदर भएको निर्वाचन अधिकृत पन्थीले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts