Monday, July 3, 2017

निमित्त निर्देशकमा डा केसी नियुक्त

भक्तपुर, १९ असार । स्वास्थ्य मन्त्रालयले राष्ट्रिय क्षयरोग केन्द्र ठिमीको निमित्त निर्देशकमा केन्द्रीय कारागारका डा केदार नरसिंह केसीलाई नियुक्त गरिएको छ ।

उमेर हदका कारण केन्द्रका निर्देशक डा शरच्चन्द्र बर्मा गत शुक्रबारदेखि लागू हुनेगरी सेवा निवृत्त भएपछि मन्त्रालयले केसीलाई निमित्त निर्देशकमा नियुक्त गरेको हो । नियुक्त भएपछि उहाँ आज केन्द्रमा पद बहाली गर्नुभयो ।

केन्द्रमा विगत ३० वर्षदेखि कार्यरत १० औँ तहका वरिष्ठ कन्सल्टेन्ट चेस्ट फिजिसियन डा मोहनकुमार प्रसाईंलाई निर्देशक बनाउनुपर्ने माग गर्दै तीन महिनाअघि सो केन्द्रका ४४ जना कर्मचारीले तत्कालीन स्वास्थ्यमन्त्री गगन थापा, राज्यमन्त्री तारामान गुरुङ र स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीलाई ज्ञापनपत्र बुझाएका थिए ।

क्षयरोगबारे नबुझेका र छाती रोग विशेषज्ञसमेत नभएका व्यक्तिलाई निमित्त निर्देशक बनाएको भन्दै कर्मचारीले आपत्ति जनाएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts