Thursday, July 20, 2017

राष्ट्रसङ्घीय उच्चायुक्त कार्यालयबाट प्राविधिक सहयोग दिइने

काठमाडौँ, ५ साउन । उपप्रधानमन्त्री कृष्णबहादुर महराले संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालयका एसिया प्रशान्त क्षेत्र प्रमुख ज्योति साङ्घेरासँगको आज शिष्टाचार भेटमा राष्ट्रसङ्घीय मानवाधिकार कार्यालयले नेपालमा खेलेको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ ।
परराष्ट्रमन्त्री महराले आपसी सहयोग र समझदारीमा नै शान्ति प्रक्रियाका बाँकी काम पूरा हुने विश्वास व्यक्त गर्दै संविधानको सफल कार्यान्वयनसँगै शान्ति प्रक्रिया पूरा भई नेपाल आर्थिक विकासमा केन्द्रित हुने बताउनुभयो ।

सो अवसरमा साङ्घेराले नेपालको शान्ति प्रक्रिया सफलतापूर्वक अगाडि बढेको उल्लेख गर्दै त्यसका लागि आवश्यक पर्ने प्राविधिक तथा अन्य सहयोग उपलब्ध गराइने वचन दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts