Sunday, July 23, 2017

लागुऔषधसहित एकजना पक्राउ

पोखरा, ९ साउन । पोखरा लेखनाथ महानगरपालिका–२ बागलुङ बसपार्कबाट ठूलो परिणाममा लागुऔषध सहित आइतबार एकजना युवा पक्राउ परेका छन् ।

लागुऔषध ओसारपसारमा संलग्न रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका–५ लुठावाका २१ वर्षीय वासुदेव बराईलाई वडा प्रहरी कार्यालय बगरको टोलीले पक्राउ गरेको हो । भैरहवाबाट पोखरा आउने रात्रि बसमा आएका अभियुक्तको साथबाट ६० ट्याबलेट नाइट्रोभयाट, ५० एम्पुल डाइजापाम, ५० एम्पुल फेनरागन र ५० थान नुर्पिmम लागुऔषधसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका युवालाई आगुऔषधअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय कास्कीले थप अनुसन्धान गरिरहेको बताइएको छ । यस क्षेत्रका सम्पूर्ण जिल्लामा आगुऔषध नियन्त्रण विशेष ‘अपरेसन सिदा’नामक कार्ययोजना सञ्चालन भएलगत्तै लागुऔषध नियन्त्रणमा सक्रियता बढेको क्षेत्रीय प्रहरी कार्यालय पोखराले जनाएकोछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts