Monday, July 24, 2017

दुर्घटना भएको हेलिकप्टरको पार्टपुर्जा काठमाडौँमा

रसुवा, ९ साउन । जेठ २७ गते गोसाइँकुण्डको हेलिप्याडमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टरका सबै पार्टपुर्जा काठमाडौँ पु¥याइएको छ ।

मनाङ एयरका उडान प्रबन्धक रोम श्रेष्ठका अनुसार स्थलगतरुपमा मर्मत गर्न नसकिने भएपछि सो हेलीकप्टरलाई दुई भाग गरी श्री एयर कम्पनीको एमआई हेलिकप्टरमा झुण्ड्याएर काठमाडौँ लगिएको हो ।

छजना तीर्थयात्री बोकेका सो हेलिकप्टर अवतरणका क्रममा पछाडिको भागमा रहेको टेलरोटर ठोक्किएर दुर्घटना भएको थियो ।

एकपटकमा उठाउन नसक्ने भएपछि वरिष्ठ हेलिकप्टर चालक हिरा दाहालको नेतृत्वमा गएको प्राविधिक टोलीले हेलिकप्टरका पार्टपुर्जालाई दुई माग गरी छुट्टाछुट्टै झुन्ड्याएर लगिएको उडान प्रबन्धक श्रेष्ठले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts