Tuesday, July 18, 2017

प्रधानमन्त्री र जापानी वातावरण राज्यमन्त्रीबीच भेट

काठमाडौँ, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहनुभएका जापानका वातावरण राज्यमन्त्री तादाहिको इतोले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री कार्यालय सिहदरबारमा भएको भेटमा प्रधानमन्त्री देउवाले पुनःनिर्माणमा र भौतिक पूर्वाधार निर्माणमा जापान सरकारले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवाले नेपाल र जापानबीचको ६० वर्ष लामो कूटनीतिक सम्बन्धबारे चर्चा गर्दै सम्बन्ध अझै प्रगाढ हुँदै गएको बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा जापानी राज्यमन्त्री इतोले भूकम्पपछिको नेपालले पुनः निर्माणमा राम्रो व्यवस्थापन गर्न सफल भएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले जलवायु परिवर्तनले पारेको असरका सम्बन्धमा चासो व्यक्त गर्दै नेपालले यस विषयमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो । इतो नेपालको दुईदिने औपचारिक भ्रमणका क्रममा आज नेपाल आइपुग्नुभएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts