Saturday, August 26, 2017

गृह प्रशासन सुधार मार्गचित्रअनुसार काम गर्ने

काठमाडौँ, १० भदौ । राष्ट्रिय अनुसन्धान विभागका निर्देशक दिलीपराज रेग्मीले गृहमन्त्रालयको गृह प्रशासन सुधार मार्गचित्र २०७४ अनुसार विभागीय कर्मचारीलाई काम गर्न निर्देशन दिनुभएको छ ।

विभागले ३२ औँ विशेष सेवा दिवसको अवसरमा आज आयोजित पुर्नमिलन कार्यक्रमका उहाँले मार्गचित्रअनुसार विभाग नव संगठनको रुपमा परिवर्तन हुने दिशामा रहेकोले सोहीअनुसार परिचालन हुन निर्देशन दिनुभएको हो ।

विभागका पूर्व प्रमुख विष्णुराज पन्तले वर्तमान अवस्थामा विभागका काम कारबाहीप्रति पूर्व कर्मचारी सन्तुष्ट रहेको बताउनुभयो ।

लोकसेवा आयोगका सदस्य श्रीपुरुष ढकालले विभागले राष्ट्रिय सुरक्षाका चुनौती पहिचान एवं व्याख्या गर्ने किसिमको सक्रिय र लगनशील जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

उक्त अवसरमा ९० जना कर्मचारीले रक्तदान गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts