नेपालगन्ज, २५ साउन । बाँके जिल्ला समन्वय समितिको संयोजकमा संघीय समाजवादी फोरमका अजय श्रीवास्तव र सह–संयोजकमा नेपाली काँग्रेसका ज्ञानेन्द्रकुमार चौधरी निर्वाचित हुनुभएको छ ।
आज भएको निर्वाचनमा नौ सदस्यीय समन्वय समितिमा काँग्रेस, संघीय समाजवादी फोरम, राप्रपा र नेकपा माओवादी केन्द्र गठबन्धनले नेकपा एमालेलाई पाखा लगाउँदै जित हासिल गरेको हो ।
समितिमा काँग्रेसबाट तीन, फोरमबाट दुई, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक÷एकजना निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार समितिको महिला सदस्यमा विमलासिंह थारु, निलमसिंह ठकुरानी, जानुका क्षेत्री, अल्पसंख्यकमा नफिस नाउ विजयी हुनुभएको छ । अन्य सदस्यमा चेतबहादुर घर्तीमगर, गुतु थारु र जुल्फकार अलि मनिहार विजयी हुुनुभएको छ । रासस
No related posts.
No comments:
Post a Comment