Wednesday, August 9, 2017

जिसस स्याङ्जामा एमालेको प्यानल विजयी

वालिङ (स्याङ्जा), २५ साउन । जिल्ला समन्वय समिति स्याङ्जाको आज सम्पन्न निर्वाचनबाट नेकपा (एमाले)को समूह विजयी भएको छ ।

समन्वय समितिको प्रमुखमा एमालेकी वैकल्पिक केन्द्रीय सदस्य सीताकुमारी सुन्दास निर्वाचित हुनुभएको हो ।

उपप्रमुखमा एमालेका दिलीपकुमार बगाले विजयी हुनुभएको छ भने समन्वय समिति सदस्यमा एमालेबाटै उम्मेदवारी दिएका धनमाया विक, विष्णु चन्द, गुमानसिंह थापा, सीता थापा, टीकाकुमारी डुम्रे, विष्णुप्रसाद आचार्य, तेजेन्द्र सुनार विजयी हुनुभएको हो ।

एघारवटा स्थानीय तहमा एमाले र नेपाली काँग्रेसबाट विजयी भएका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्षले मत दिएका हुन्् । जिल्लामा कूल २२ मत रहेकोमध्ये एमालेको पक्षमा १५ मत र नेपाली काँग्रेसको पक्षमा सात मत रहेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts