मस्को । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रसियाको आठौं राष्ट्रिय अभिवेशनले रामेश्वर गौतमको अध्यक्ष्यतामा नयाँ कार्यसमिति चयन गरेको छ।
मुख्य निर्वाचन अधिकृत डाक्टर कुमार कार्कीले दिनुभएको जानकारीअनुसार उपाध्यक्षमा सुमन रिजाल, शिवमणि भुर्तेल, महासचिवमा रोशन पोखरेल, सचिवमा इन्द्रप्रसाद भुसाल र कोषाध्यक्षमा गोविन्द आचार्य सर्वसम्मत निर्वाचित हुनु भएको छ।
प्राप्त जानकारीअनुसार महिला संयोजकमा पविता उपाध्याय, युवा संयोजकमा किरण रानाभाट र सदस्यहरुमा धनराज मोक्तान, बुद्धिप्रसाद तिवारी, दुर्गाबहादुर भट्टराई, हिमलाल खनाल र पशुपति घिमिरे चयन हुनु भएको छ।
गैरआवासीय नेपाली संघ रुसको तर्फबाट केन्द्रिय सदस्यमा एकनारायण चापागाई चयन हुनु भएको छ।
गैरआवासीय नेपाली अभियान सुरु भएको मुलुक रुसको राष्ट्रिय समवन्य परिषद यसपटक पूर्णरुपमा नयाा पुस्तामा गएको देखिएको छ। गैरआवासीय नेपाली संघका संस्थापक डा. उपेन्द्र महतो, जीवा लामिछानेजस्ता हस्तीहरुले नेतृत्व गरेको संघ यसपछि नयाँ पुस्तामा हस्तान्तरण भएको छ।
Sunday, August 27, 2017
गैरआवासीय नेपाली संघ रुसको अध्यक्षमा गौतम
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment