Tuesday, August 8, 2017

करेन्ट लागेर एकजनाको मृत्यु

नवलपरासी, २५ साउन । यहाँको सुनवल नगरपालिका–७ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

नवलपरासी र रुपन्देही जिल्ला को सिमानामा पर्ने कजरार खोलामा माछा मार्ने क्रममा मंगलबार सुनवल–७, चारपाला निवासी ५० वर्षका शम्शेर अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, सुनवलले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी ल्याइएको प्रहरीले जनाएको छ । रासस
–––––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts